Monday, May 4, 2015

देशलाई शोकमा पारी हाँसेर गयो प्रकृति

देशलाई शोकमा पारी हाँसेर गयो प्रकृति
राष्ट्रकै सम्पदालाई मासेर गयो प्रकृति
रूवायो देश,धेरै सपनाको अनत्य गरेर…
आफु चाहिँ रमाई नाचेर गयो प्रकृति
कुन जुनीको बदला लिईस हे दैव ??
दु:खी…को रगत पिई,मातेर गयो प्रकृति
देशको सिर भन्नु नै त्यही थियो धरहरा
त्यसैलाई ठसक्क भाँचेर गयो प्रकृति
कत्ति निष्ठुरी छ है, कसैको गुहार सुनेन
जनता मारी आफु बाँचेर गयो प्रकृति।।

No comments:

Post a Comment