पछिल्ला केही वर्षको ‘ट्रेन्ड’ हेर्दा विभिन्न समूहले आफ्नो माग पूरा गराउन दबाब दिनका लागि बन्द हडताल सबैभन्दा सजिलो हतियार बनाउँदै आएको नागरिकमा खबर छ। राजनीतिशास्त्रका प्राध्यापक लालबाबु यादवले संक्रमणकालीन अवस्थामा बन्द हडताल जस्ता कार्यक्रम बढी हुने बताउँछन्।
‘राजनीतिक संक्रमणकालमा यसप्रकारको समस्या आउने गर्दछन्। नेताहरूले जनतालाई राजनीतिक विषयमा डोहोर्याबउँदै लैजानुपर्ने हो। तर नेपालमा संक्रमणकालीन समयमा जनता अघिअघि नेता पछिपछि हुने अवस्था रह्यो। त्यसले समस्या अझै गम्भीर बनाएको छ,’ यादवले भने।
राजनीतिक ‘कोर्स’ परिवर्तन हुने बेलामा बढी बन्द हडताल हुने सुरक्षा निकायको बुझाइ छ। ‘परिस्थितिजन्य बन्द हुन्छन्। तर राजनीतिक घटनाक्रम निकै तातेको समयमा बन्द हडताल बढी हुने गरेका छन्। परिवर्तनपछिको अवस्था पनि बन्द हडतालले निरन्तरता पाउने गरेको छ,’ नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले भने, ‘त्यस्ता बन्द हडताल प्रभावकारी हुन्छन् र प्रहरीलाई पनि त्यस्तै चुनौती थपिन्छ। हामीले सोहीअनुरूप सुरक्षा रणनीति अपनाउने गरेका छौं।’
बन्द आयोजकहरूमा राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, सशस्त्र समूह, विभिन्न जातीय र क्षेत्रीय समूह, पेसागत/व्यावसायिक संगठन, स्थानीय रहेका छन्।
No comments:
Post a Comment