नायिका पुजना प्रधानको प्रस्तुतीमा तयार भएको चलचित्र ‘चकलेट’को ट्रेलर सार्वजनिक भएको छ । पूजना प्रधान, आयुष्मान घिमिरे, सुमन गैरे, नम्रता झा लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले सडक बालबालिकाको कथालाई उठान गरेको छ ।
चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । चलचित्र ‘चकलेट’ सामाजिक कथावस्तुमा बनेको छ । चलचित्रमा पूजना प्रधान, खुशी गुरुङ, प्रितीमाया गुरुङ, केशव तामाङको लगानी छ ।
नायिका प्रधानले नाफा कमाउन भन्दा पनि सामाजिक सेवाका लागि चलचित्र निर्माण गरेको बताइन् । चलचित्रको सार्वजनिक ट्रेलरमा सडक बालबालिकाको पीडा उठान गरिएको छ । दरबारमार्गमा सडक जीवन बिताइरहेका बालबालिकाका पीडा यो चलचित्रमा समावेश छ । यो चलचित्र मंसिर १८ गतेबाट चल्दैछ ।
No comments:
Post a Comment