Sunday, November 22, 2015

सलमानको प्रेम रतनले कमायो ३०० करोड

prem-ratan-dhan-payo
मुम्बई । सलमान खान अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ ले प्रदर्शनको आठौं दिन ३०० करोड रुपैंयाको ब्यापार गरेको छ ।


यो फिल्ममा सलमान र निर्देशक सुरज बड्जात्याले १६ वर्षपछि संगै काम गरेका थिए । दीपावलिको अवसरमा गएको १२ नोभेम्बरमा फिल्म प्रदर्शन भएको थियो । फिल्ममा शाही परिवारको कथा प्रस्तुत गरिएको छ । फिल्ममा सलमानले प्रेमको भूमिका निर्वाह गरेका छन् ।

६० करोडमा बनेको यो फिल्मले विज्ञापनमा मात्रै २० करोड खर्च गरेको थियो । भारतमा चार हजार पाँचसय स्त्रिmनमा प्रदर्शन भएको यो फिल्म विदेशमा ११०० हलमा रिलिज भएको छ । चलचित्र सोनम कपुर, अनुपम खेर, स्वरा भास्कर, अरमान कोहली र नील नितिन मुकेशले अभिनय गरेका छन् ।

No comments:

Post a Comment