File Photo |
स्याङ्गजा, १५ पुस ।
स्याङ्गजाको किचनास –९ सालडाँडामा रहेको श्री भोज प्रकाश उच्च मा.बिमा भू.पू बिद्यार्थीहरुले ९० हजारको अक्षयकोष स्थापना गरेको छ । बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रवृत्ती बितरण गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । बिद्यालयबाट २०६५ सालमा एस.एल.सी दिएका भू.पू बिद्यार्थीहरु बाट सहयोग संकलन गरेर ९० हजारको अक्षयकोष स्थापना गरिएको बिद्यालयका भू.पू बिद्यार्थी अनिल क्षेत्रीले जानकारी दिए ।
उक्त रकम बिद्यालयको ५५ औं बार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष क्या. डोर बहादुर रानालाई हस्तान्तरण गरेको हो । अक्षयकोषबाट प्राप्त हुने ब्याज बिद्यालयका बिभिन्न क्षेत्रमा उत्कृष्ट ५ बिद्यार्थीलाई बितरण गरिने अर्का भू.पू बिद्यार्थी युबराज मानन्धरले जानकारी दिए । साथै सोही दिन नै २०६५ सालमा एस.एल.सी दिएका भू.पू बिद्यार्थीहरुले ५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ती पनि बितरण गरेको छ ।
No comments:
Post a Comment