Monday, December 7, 2015

‘आधा पेज’मा प्रेम परियारको ‘मेरो आँखा रसाउँछ’

rista-salon
चलचित्र ‘आधा पेज’बाट नायक सलोन बस्नेत र नायिका रिस्ता बस्नेत आफ्नो भाग्य चम्काउने दाउँमा छन् । ‘होस्टेल’पछि कुनै पनि चलचित्र हिट दिन नसकेका यी दुइकै अनुहार बिकाएर निर्माता ‘आधा पेज’ चलाउने धुनमा छन् ।


चलचित्रमा समावेश ‘मेरो आँखा रसाउँछ’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको छ । प्रेम परियारको आवाजमा समावेश यो गीतमा शब्द तथा संगीत रमण गायकको छ ।

यो गीतमा सारिका न्यौपाने र असिम आरडीलाई देखाइएको छ । समुन्द्र भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी लगायतका कलाकारलाई देख्न सकिनेछ । लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले निर्माण गरेको यो चलचित्रका प्रस्तुतकर्ता रुपक न्यौपाने हुन् ।

No comments:

Post a Comment