Saturday, February 13, 2016

स्याङ्गजाको किचनास–९ सालडाँडामा वडास्तरिय हाजिरीजवाफ प्रतिगोगिता सम्मपन्न


स्याङ्गजाको किचनास–९ सालडाँडामा वडास्तरिय हाजिरीजवाफ प्रतिगोगिता भएको छ । श्रीपञ्चमीको अवसर पारेर स्थानिय मन्दिरचोक युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जनप्रिय युवा क्लब किचनास–८ प्रथम, नव प्रतिभा युवा क्लब किचनास– ९, जामुने द्धितीय र आयोजक मन्दिरचोक युवा क्लब तृतीय भएको छ । बिजयी बिद्यार्थीहरुलाई प्रमाणपत्रको साथमा पुरस्कार पनि बितरण गरेको क्लबका अध्यक्ष लोकेन्द्र मानन्धरले जानकारी दिनुभयो । कार्यक्रम क्लबको अध्यक्ष लोकेन्द्र मानन्धरको सभापतित्व, किचनास गा.बि.स वडा नम्बर ९ का वडा संयोजक ज्योति प्रसाद मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा किचनास, ओरष्टे र तनहँुको राईपुर गाबिसको टोली सहभागी भएका थियो ।










No comments:

Post a Comment