Wednesday, November 19, 2014

प्रेमिका अर्कैसँग भागेपछि पेट्रोल छर्केर आगो लगाए


प्रेममा खटपट परेर केही दिनदेखि निराशामा रहेका एक विद्यार्थी सोमबार जलेको अवस्थामा फेला परेका छन्। मध्यपुर ठिमी नगरपालिका १६ लोकन्थली घर भएका २१ वर्षीय विद्यार्थी आशिष उप्रेतीको शव काभ्रेको काभ्रे गाविस ९ बजगार्इं डाँडामा जलेको अवस्थामा फेला परेको छ।
 
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी पूजा सिंहका अनुसार मृतक उप्रेतीले आफैंले चढेको बा५९प ७७५६ नम्बरको २२० सीसीको एभेन्जर मोटरसाइकलबाट पेट्रोल निकालेर आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘घरबाट बिहान साढे ६ बजे एपेक्स कलेज जान निस्किएका आशिषको यो हालत आफैं भएको होइन’, बाबु हेम उप्रेतीले भन्नुभयो– ‘केही दिनअघि राणाको छोरीसँग प्रेम अफेयर चलेको छ तर उसको अर्काे केटासँग पहिल्यै प्रेम भएकाले फेसबुकमा सामान्य झगडा भएको सुनेको थिएँ।’आशिष केही दिनदेखि निरास थिए। आशिषकी आमा सुनिता उप्रेतीका अनुसार राणा परिवारकी छोरीसँग आशिषको प्रेम पर्नुअघि उनको अर्कै केटासँग अफेयर रहेछ।
‘आफ्नी प्रेमिकालाई फसाएको भन्दै उसले आशिषसँग झगडा गरेपछि आशिष जीवनदेखि नै फ्रस्टेड भएको थियो।’ –सुनिताले भन्नुभयो। ‘आशिषसँग प्रेम गर्नुअघि उसले अर्काे केटा छ भनेर नभनेका कारण आशिष मानसिक तनावमा देखिएको थियो।’ –उहाँले भन्नुभयो।एक छोरा र एक छोरी भएका हेम र सुनिताको परिवार सुखी थियो। रामेछापको पकवारवास घर भई भक्तपुरमा विगत १० वर्षदेखि बस्दै आएका उप्रेती परिवार टोलमै असल मानिन्थ्यो। बीबीए छैटौं सेमेस्टरमा अध्ययनरत आशिष कलेजका इमानदार छात्र थिए।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोमबार बिहान उनी पुरानो ज्याकेट र ब्याग लिएर घरबाट निस्किए। सीधै धुलिखेलमाथिको देवीस्थान जंगलमा पुगे। एउटा होटलनजिकै बाटोमा मोटरसाइकल रोकेर झोलामा भएको खाली सिसी निकाले।

मिनी कोक र मिनरल वाटरका बोतलमा पेट्रोल भरे। खल्तिमा भएको लाईसेन्स मोटरसाइल माथि राखिदिए। त्यहाँबाट डेढ किलोमिटर तल काभ्रे गाविस ९ को बजगाई डाँडामा गएर ब्याग नजिकै राखे। प्रेट्रोल छर्केर आगो लगाए।उनको नजिकै तीनवटा भरिएको पेट्रोलको बोतल, खाली ब्याग र सलाई प्रहरीले बरामद गरेको छ। शव जलेर थोरै पहिचान हुने खालको छ। जल्न बाँकी एउटा हातको हत्केला मात्रै बाँकी छ। उनको साथमा पैसा तथा अन्य शरिरमा भएका सबै सामानहरू जलेर नष्ट भएका छन्। घटना स्थलमा उनि आगो लाग्दा मडारिएको जस्तो देखिदैन। अन्य कसैले आगो लगाइदिएर भागेको पनि हुन सक्ने परिवारको आंशका छ।आशिष त्यहाँ पुग्नु अघि काभ्रे गाविस ३ स्थित सावित्री गजुरेलको घरमा पसेका थिए। उनी एक्लै भएको गजुरेलले बताउनु भयो।

‘दिदी दिदी डटपेन दिनु न भन्दै भित्र आए, चोटामा गएर डट्पेन खोज्दै गर्दा उनि पछि पछि माथी नै पुगे। तुरुन्तै ड्ट्पेन लिएर पाँच रूपैया दिए, मैले पैसा लिइन’–गजुरेलले भन्नुभयो। आशिषले त्यतिखेर झोला पनि बोकेका थिएनन। त्यसको केहि छिनमै ९ बजेतिर आगोको मुस्लो निस्किएको नजिकै घर भएका रामकृष्ण बजगाईले देख्नुभयो।

सधै चुरोट खाएर जंगलमा फालिदिने र आगलागी हुने भएकाले उनले आत्तिएर गाउँले बोलाए र आगलागी भएको स्थानमा पुगे। आगो निस्किएको स्थानमा पुग्दा मान्छे ह्वार ह्वार बलेको देखे। तत्काल प्रहरीलाई खवर गरे लगत्तै प्रहरी आएको उहांले बताउनुभयो । प्रहरीले सडकमै वेवारिसे मोटरसाईल देखेपछि त्यहि आधारमा लाईसेन्स हेरी अभिभावकलाई खवर गरी घटनास्थल बोलाएपछि आशिषको पहिचान भएको थियो। प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको छ। आशिषका बाबु आमा दुवै बेहोस अवस्थामा अस्पतालमा उपचारार्थ छन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान भईरहेको बताएको छ।
श्रोत - नेपाल समाचारपत्र

No comments:

Post a Comment