सत्य, समयका कैयौ झरी असिनाले पखाल्दा चुट्दा पनि सम्झनाका तस्बिरहरु खुइलिएनन् । डिएक्टिभ गरेको फेसबुक एकाउण्ट सधैका लागी डिएक्टिभ भए.....कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । भन्न त भन्छु,आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल साँझहरु दोहोरिन्छन अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।त्यसो त पुरै जिन्दगी हराएर,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन ।

कहिले काँहि आफ्नो बडो माया लागेर आउँछ । लाग्छ,पलपल तड्पेर कति दगुर्नु समाज र संस्कारको पछाडी? त्यसो त अब अल्लारे रहेनौ हामी।अतः पारिवारिक कर्तव्य भुलेर प्रेमकै खातिर जिउज्यान अर्पन सुहाउदैन ।म अनि तिमी भेटिनुको गन्तव्य भेटिनुमै हाम्रो प्रेमको जीत छैन ।हाम्रा आफ्नाहरू बाट अलग्गिएर छुट्टिएर प्राप्त भएको प्रेममा न त तिमी खुसी हुन सक्छौ न त म नै ।भन्न त भन्छन-पहिले आफ्नो बारेमा सोच्नु पर्छ ।तर आफ्नो एकतर्फी खुसीका लागि नाता सम्बन्ध परिवेश लत्त्याएर म केहि सोच्न सक्दिन । र तिमी पनि सक्दैनौ । तिम्रा आफ्ना भई बहिनी आमाबाबु बाट अलग रहेर तिम्रो जिन्दगी पुरा हुने सक्दैन । जेहोस स्वर्णिम, तिमी रहेरै मलाई प्रेम गर र म म रहेरै तिमीलाई प्रेम गर्न चाहन्छु । यहाँ जति सुकै आधुनिकता या स्वतन्त्रताका कुरा चलुन हामी आ-आफ्नो वास्तविकता भुलेर प्रेमको छुट्टै संसार रचना सक्दैनौ ।
हिजो आज प्रेमका खातिर ज्यान फाल्नेहरुको खुब बिगबिगी छ । तर प्रेम देखि हारेर ज्यान अर्पनेहरु प्रति मलाई सख्त घृणा छ । मान्छेले यसरी जीवनलाई सस्तो गरि तौलिएको देखेर मलाई बडो अचम्म लाग्छ । मान्छेको जीवन केवल एउटा सम्बन्धमा गएर टुंगिदैन । प्रेमका अलावा पनि उसको फराकिलो सम्बन्ध हुन्छ । र त्यो सम्बन्ध प्रति पनि त्यत्तिकै वफादार हुनु जरुरी छ जति ऊ आफ्नो प्रेमी प्रेमीका प्रति छ ।
स्वर्णिम, प्रेमका बिषयमा धेरै नै नकारात्मक धारणा छन र त्यसलाई मेटाउनका लागि पनि हामीले हाम्रो प्रेमलाई धमिलिन दिनु हुन्न । जे-होस यो भन्दा ज्यादा नलेखु । तिम्रो जीवन सुगम रहोस् ।..
No comments:
Post a Comment