Friday, December 26, 2014

किशोरीहरुले सिँगारपटारमै बिताउँछन् वर्षको ४ सय घण्टा !!!

किशोरीहरुले सिँगारपटारमै बिताउँछन् वर्षको ४ सय घण्टा राम्री देखिने रहर सबै महिलामा हुन्छ । राम्री देखिनका लागि आफ्नो लुक्समा ध्यान दिनैपर्ने हुन्छ ।
 तर एक अध्ययनले महिलाहरु राम्री देखिनका लागि अलि बढि नै समय खेर फाल्ने गरेको देखाएको छ । अध्ययन अनुसार सयमा ७८ जना महिलाले सिँगारपटारमै हरेक दिन झण्डै १ घण्टा खर्च गर्ने गर्छन् । चर्चित अनलाइन ‘टुडे’ ले गरेको आइडिएल टू रियल’ बडी इमेज नामकको सर्भेक्षणको सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो । २ हजार जना प्रौढ तथा २ सय जना किशोर किशोरीमा गरिएको अध्ययन अनुसार महिला हरुले औषतमा आफ्नो मेकअप तथा कपालको स्याहारका लागि वर्षमा ३ सय ३५ घण्टा खर्च गर्छन् । यो भनेको दैनिक झण्डै ५५ मिनेट हो ।
 
यो भनेको पुरुषले खर्च गर्ने समय भन्दा १ सय घण्टा बढि हो । किशोरीहरुले भने वर्षमा ४ सय २ घण्टा सिँगारपटारमा बिताउने गर्छन् । तर यतिधेरै समय आफ्नो सिँगारपटारमै खर्च गरेपनि महिलाहरुलाई आफ्नो लुक्स भने खुबै चित्त बुझेको हुँदैन । अध्ययन अनुसार ६० प्रतिशत महिला तथा ७८ प्रतिशत किशोरीहरुलाई आफ्नो लुक्स प्रति केही न केही गुनासो हुन्छ । अध्ययन अनुसार महिला र पुरुष दुबै आफ्नो भुँडीका कारण निरास बन्ने गरेका छन् । त्यस्तै चिन्ताका अन्य कारणहरुमा छाला, चाउरी तथा कपाल हुन् । 
महिलाहरु सौन्दर्यका हिसाबले विभिन्न ६ कारणले चिन्तामा पर्छन् भने पुरुषहरुका चिन्ताको क्षेत्र ३ मात्र हुने गरेका छन् । अध्ययन अनुसार ८० प्रतिशत किशोरीहरुले आफुलाई चर्चित तथा सुन्दरी सेलिब्रेटीसँग दाँज्ने गरेका छन् । मानिसहरुलाई बढि मन पर्ने उमेर कुन होला ? सायद सोह्र वर्षे जोवन । तर होइन रहेछ । यो अध्ययनले अधिकांस प्रौढ मानिसहरुले २७ वर्षको उमेरलाई सबैभन्दा बढि मन पराएका छन् । तर किशोर किशोरीले भने आफ्नो अहिलेकै उमेर ठीक रहेको बताए ।
 

No comments:

Post a Comment