
तर एक अध्ययनले महिलाहरु राम्री देखिनका लागि अलि बढि नै समय खेर फाल्ने
गरेको देखाएको छ ।
अध्ययन अनुसार सयमा ७८ जना महिलाले सिँगारपटारमै हरेक दिन झण्डै १ घण्टा
खर्च गर्ने गर्छन् ।
चर्चित अनलाइन ‘टुडे’ ले गरेको आइडिएल टू रियल’ बडी इमेज नामकको
सर्भेक्षणको सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो ।
२ हजार जना प्रौढ तथा २ सय जना किशोर किशोरीमा गरिएको अध्ययन अनुसार महिला
हरुले औषतमा आफ्नो मेकअप तथा कपालको स्याहारका लागि वर्षमा ३ सय ३५ घण्टा
खर्च गर्छन् । यो भनेको दैनिक झण्डै ५५ मिनेट हो ।
यो भनेको पुरुषले खर्च गर्ने समय भन्दा १
सय घण्टा बढि हो । किशोरीहरुले भने वर्षमा ४ सय २ घण्टा सिँगारपटारमा
बिताउने गर्छन् ।
तर यतिधेरै समय आफ्नो सिँगारपटारमै खर्च गरेपनि महिलाहरुलाई आफ्नो लुक्स
भने खुबै चित्त बुझेको हुँदैन । अध्ययन अनुसार ६० प्रतिशत महिला तथा ७८
प्रतिशत किशोरीहरुलाई आफ्नो लुक्स प्रति केही न केही गुनासो हुन्छ ।
अध्ययन अनुसार महिला र पुरुष दुबै आफ्नो भुँडीका कारण निरास बन्ने गरेका
छन् । त्यस्तै चिन्ताका अन्य कारणहरुमा छाला, चाउरी तथा कपाल हुन् ।
महिलाहरु सौन्दर्यका हिसाबले विभिन्न ६ कारणले चिन्तामा पर्छन् भने
पुरुषहरुका चिन्ताको क्षेत्र ३ मात्र हुने गरेका छन् ।
अध्ययन अनुसार ८० प्रतिशत किशोरीहरुले आफुलाई चर्चित तथा सुन्दरी
सेलिब्रेटीसँग दाँज्ने गरेका छन् ।
मानिसहरुलाई बढि मन पर्ने उमेर कुन होला ? सायद सोह्र वर्षे जोवन । तर होइन
रहेछ । यो अध्ययनले अधिकांस प्रौढ मानिसहरुले २७ वर्षको उमेरलाई सबैभन्दा
बढि मन पराएका छन् । तर किशोर किशोरीले भने आफ्नो अहिलेकै उमेर ठीक रहेको
बताए ।
No comments:
Post a Comment