Saturday, January 3, 2015

आमासँगै रोए गायक बद्री पंगेनी

 Badri Pangeni 1 (1)
जापान । समान्यतयाः यस्तो दृष्य दुर्लभ हुन्छ जहाँ गायक र दृर्शक भावबिह्ल बनेर सँगै रोएका होउन् ।
 तर, स्वर र शब्दको दाजुमयी शक्तिले जब मान्छेलाई रुन बाध्य बनाउँछ तब अरुलाई रुवाउने गायक पनि दर्शकलाई सान्त्वना दिँदै आफै रुन थाल्छ ।

 यस्तै अवस्था भोगे लोक गायक बद्री पंगेनीले ।

गत शुक्रबार जापानको राजधानी टोक्योमा आयोजित कार्यक्रममा गीत गाइरहेका बद्रीको गीत सुनेर रोइरहेका आमालाई सम्झाउँदा सँझाउँदै आफै रुन पुगे ।
 बिदा पाउँदिन, 
अहिलेको सालमा आमा
 घर आउन पाउँदिन 
यस्तै गीत गाउँदा दर्शकदीर्घामा आमाहरु आँखाबाट आँसु खस्न थाले ।

 गीत गाउँदै स्टेजबाट ओलिएर रोइरहेका आमाहरुमाझ पुगेका बद्रीले पनि आँसु थाम्न सकेनन् । उनले पनि आँसु पुछ्दै फेरी मञ्चमै फर्किदै युवाहरुलाई आफ्नै देशमा मेहेनत गर्न आह्वान गरे ।
 badri pangeni in japan
कोही पनि नेपाली युवाले पेट पाल्न बिदेशी भूमीमा रगत र पसिना बगाउन नपरोस्’ उनले आफ्नो मनको इच्छा सुनाए- कसैका छोराछोरी बाबुआमासँग बिछोड हुन नपरोस् ।’

जनबादी गायक जीवन शर्मासँगै सांगीतिक कार्यक्रमका लागि टोक्यो पुगेका बद्रीले थुप्रै प्रगतिशिल र केही माया प्रेमका लोकगीत प्रस्तुत गरे ।

 गायक जीवन शर्माले पनि सिमली छायाँमा बसी लगायत चर्चित गीत गाएर जापानबासी नेपालीलाई उद्देलित र भावुक बनाए ।
Badri Pangeni 1 (2)

No comments:

Post a Comment