Tuesday, January 13, 2015

फुलेको दाह्रीमा स्कुल पुगे आर्यनफुलेको दाह्रीमा स्कुल पुगे आर्यन

 aaryan-sigdel
नायक आर्यन सिग्देल फुलेको दाह्रीमा स्कुल पुगेका छन् । स्कुल पुगेर उनी होमवर्क गरिरहेको अवस्थामा भेटिए । उनको साथमा केही बालबालिका पनि अध्ययन गरिरहेका छन् । आर्यनको यस्तो गेटअप चलचित्रको पर्दामा पहिलो पटक देखिएको हो ।


निरक पौडेलको निर्देशनमा बनिरहेको चलचित्र ‘होमवर्क’मा आर्यनलाई दोहोरो चरित्रमा देखाइएको छ । जसमा उनी बाबु र छोराको भूमिकामा देखिएका छन् । बाबुको भूमिकामा उनलाई कलाकार गौरी मल्लले साथ दिएकी छिन् । छोरा आर्यनलाई भने नायिका नम्रता श्रेष्ठले साथ दिएकी छिन् ।

aaryan-sigdel-1

गोपिकृष्ण मूभिजको ब्यानरमा तयार भैरहेको यो चलचित्रले हरेक मानिसले गृहकार्य गरेर काम गरे सफल हुन्छ भन्ने सन्देश दिएको छ । आर्यनले पहिलो पटक फरक गेटअपमा देखिदा नयाँ अनुभुती भएको बताए । आर्यनको यो गेटअपले अहिले दर्शकमा उत्साह समेत बढाएको छ
aaryan-gateup
aaryan-and-gauri

No comments:

Post a Comment