दीपक लिम्बु र माण्डवी त्रिपाठीको आवाज रहेको गीतमा चेतन सापकोटाको संगीत, लय संग्रौलाको शब्द छ ।
चलचित्रकी अर्की कलाकार नन्दिता केसीसँग दीलिपले बिहे गरेर खुशी नभएपछि अनिशासँग उनको प्रेम हुन्छ । यही प्रेमको सिलसिलामा यो गीत चलचित्रमा देखिने निर्देशक लय संग्रौलाको भनाई छ ।
माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले लोग्ने र श्रीमतीको कथालाई देखाउन खोजेको छ ।
No comments:
Post a Comment