‘तिमी पिरतीको छाता ओडाउन’ बोलको गीत सामाजिक संजालदेखि मिडियामा भाइरल भएपछि वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेशम फिलिली’ प्रतिक्षित बनेको छ । यस भित्र कस्तो बिषयवस्तु र दृश्य समावेश गरिएको होला भन्ने पनि धेरैले सोचेका छन् ।
दर्शकको कौतुहलतालाई मेटाउन यसको निर्माणपक्षले ३ मिनेट भन्दा लामो ट्रेलर सार्वजनिक गरेको छ । कमेडी, प्रेम र वाध्यताको कथामा घुमेर यो चलचित्र निर्माण भएको वुझ्न सकिन्छ ।
प्रणव जोशीको निर्देशनमा तयार भएको यो चलचित्रमा विनय श्रेष्ठ, कर्मा र मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि विभिन्न कोणबाट यसको चर्चा भैरहेको छ ।
No comments:
Post a Comment