काठमाण्डौमा आयोजना भएको कार्यक्रममा कमेडी र राष्ट्रियताले भरिएको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
एउटा राम्रो चलचित्र बनाउने आफ्नो धोको भएकाले पनि कुनै संझौता नगरेको सन्तोषको भनाई छ ।
निर्देशक सुदर्शन थापाले आफूले लभस्टोरी बिषयलाई छाडेर देशको बारेमा सोचेको बताए ।
यो चलचित्रलाई करोड भन्दा माथिको बजेटमा तयार गरिएको उनको भनाई छ । प्रचारसम्म पुग्दा चलचित्रको बजेट डेढ करोड पुग्ने बताइएको छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, अष्ट महर्जनको एक्सन, रामशरण पाठकको लेखन छ ।
चलचित्रको सार्वजनिक ट्रेलरमा ३ यूवा र एक यूवतीको रमाइलो प्रेम प्रसंगको साथमा देशप्रेमलाई पनि समेटिएको छ । यो चलचित्र जेठ १ गतेबाट प्रदर्शन हुँदैछ ।
No comments:
Post a Comment