Monday, April 6, 2015

बन्दकर्ताको ज्यादती : चालकलार्इ भित्र राखेर ट्याक्सीमा अागजनी (भिडियोसहित)

पीडित भन्छन्- गरीबलाई मार्न खोजियो

Taxi todfod (5)
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताले बिहान पाँच नबज्दै बालकुमारीमा एउटा ट्याक्सी खरानी बनाए ।अस्पताल जानुछ भन्दै ट्याक्सी रोकेका बन्दकर्ताले चालकलार्इ भित्रै राखेर अागजनी गरेका हुन् । सीट बेल्ट नबाँधेका कारण ट्याक्सी चालक थप जल्नबाट बचेका छन् ।

 बिहानै अनलाइनखबरको टोली घटनास्थलमा पुग्दा प्रहरीले जलेको ट्याक्सी सडकबाट हटाउन खोजिरहेको थियो । तर, ट्याक्सी चालक निरज बानियाँकी पत्नीले प्रहरीले बाँधेको फलामे साङ्लो कुल्चिँदै भनिन्, ‘पहिले हामीलाई क्षतिपूर्ति देऊ, त्यसपछि मात्रै ट्याक्सी उठाऊ ।
 Banda victim
पीडितले भनिन्-‘ढोका बन्द गरेर अागो लगाइदिने हो ? अरू गाडीहरू चलिरहेका छन्, हामीमाथि किन अन्याय ?’

 माओवादी नेताहरुचाँहि गार्ड लिएर सुरक्षित हिँड्ने तर गरीबको गाडी ४ बजे नै जलाएर गरीखान नदिएको भन्दै पीडितले भनिन्- ‘बरु हामी परिवारका चारैजनालाई मार ।

 आफ्ना पतिको जलेको कपाल देखाउँदै उनले भनिन्- ‘ट्याक्सीभित्रै थुनेर आगो लगाएर मार्नै खोजेका त हुन् नि ।’

 घटनास्थलमा भेला भएका स्थानीय भनिरहेका थिए, ‘यो त शोषक पारा भयो, गरीबमाथि अन्याय भयो ।’
 Taxi todfod (3)
एयरपोर्टमा आफन्तलाई छाडेर फर्किएको बा १ ज १८७७ नम्बरको ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका हुन् । भाटभटेनी अगाडि आइपुग्दा दुई युवकले विरामीलाई पाटन अस्पताल लैजानु पर्‍यो भन्दै ट्याक्सी रोकेका थिए ।


चालक निरज बानियााले भने-ल बस दाई भने । एउटा ढोकाबाट निस्कियो । अर्कोले के पो ल्याएको रहेछ गाडीमा राख्यो । अर्कोले सलाई कोरेर लगायो । गाडि गुडिरहेका बेला बल्यो । म धन्न बाहिर निस्किएँ ।’

आफूलाई भित्रै राखेर आगो लगाएको बानियाँले अनलाइनखबरलाई बताए । सीट बेल्ट नबाँधेका कारण ट्याक्सी चालक थप जल्नबाट बचेका छन् ।
 Taxi todfod (4)
बिहान सडकमा फाट्टफुट्ट गाडीहरु चलिरहेका थिए, पाँच नबज्दै जलाइएको ट्याक्सी अगाडि ट्याक्सी चालक बानियाँ रोइरहेका थिए ।

 हेटौडा स्थायी घर भएका बानियाँले राजधानीमा ट्याक्सी चलाएर दुई छोराछोरीको पालनपोषण गर्दै आएका थिए । उनले बा १ ज १८७७ नम्बरको यो ट्याक्सी ऋण गरेर किनेका हुन् । उनी अहिले पनि किस्ता तिरिरहेका छन् ।  

भिडियो हेर्नुहोस् 

No comments:

Post a Comment