Thursday, April 23, 2015

असारमा मोडल हन्ट नेपाल हुने

इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौदर्य प्रतियोगीता ’मोडल हन्ट’ अब नेपालमा पनि आयोजना गरिने भएको छ।

 
इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौदर्य प्रतियोगीता ‘मोडल हन्ट’ अब नेपालमा पनि आयोजना गरिने भएको छ । नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक ‘मोडल हन्ट नेपाल २०१५’ आयोजना गर्ने भएको छ ।

बिहिबार एक बिज्ञप्तिी जारी गर्दै आयोजक नेक्ष्ट मोडलस्ले प्रतियोगीताको बारेमा जानकारी दिएको हो । असारमा फाइनल हुने प्रतियोगीताका लागी आयोजनले आवेदन समेत खुल्ला गरेको छ ।

नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुर्याउनले धमलाले बताए ।

१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवा युवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । देशका प्रमुख शहर काठमाडौ, पोखर, बिराटनगर, चितवन, धरान लगायतका स्थानबाट बैशाखको तेस्रो साताबाट पहिलो चरणको अडिसन हुनेछ ।

पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा उनिहरलाई अन्तराष्ट्रिय रनवे, ब्यक्तित्व बिकाश, आर.जे भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज फकमेन्स लगायत बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण  दिइने छ ।

प्रतियोगिताको आवेदन फारम बिहिबारबाटै वितरण्ँ सुरु गरिएको छ । सहभागि हुन चाहनेले फर्म तथा अन्य जानकारी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगरमा पाउन सक्नेछन् ।

प्रतियोगीतामा शिर्ष सहित आधादर्ज उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा दगद १ लाख रुपैया, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर ,केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा जित्न सक्नेछन् ।

No comments:

Post a Comment