Tuesday, May 12, 2015

भूकम्पका बेला यसरी हेरौं मोबाईलमा निःशुल्क टिभी

world-on-demand
बैशाख ३० गते-
नेपालमा गत बैशाख १२ गते र बैशाख २९ गते गएको भूकम्पको ताजा अपडेट थाहा पाउन मोबाईलमै निःशुल्क टेलिभिजन हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

न्यु आइटिभेन्चरले सार्वजनिक गरेको मोबाइल एप्लिकेसनमार्फत् मोबाईलमै निःशुल्क टेलिभिजन हेर्ने व्यवस्था मिलाईएको हो । World On Demand एप्स मार्फत मोबाइलमा नेपाली टेलिभिजन च्यानलहरु हेर्न सकिनेछ ।
त्यसका लागि एप्स डाउनलोड गरेर फेसबुकको आइडी पासवर्ड प्रयोग गरी लगइन गर्न सकिनेछ । यो एप्स आइफोनको आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा निःशुल्क उपलब्ध छ ।
आइफोन प्रयोगकर्ताले एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एन्ड्रोईड फोन प्रयोगकर्ताले एप्स डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment