देखाउन नमिल्ने गरी फोटो सुट गर्ने अनि आधुनिक गीतको खुलेर मोडलिङ् गर्ने कलाकारका रुपमा भने उने स्थान बनाएकीछिन् । छिट्टै हिरोइनको रूपमा झुल्किन लागेकी उनले फिल्मको नाम भनिन्, तर ‘मैले अभिनय गरेको फिल्मको गीत हरेक डान्सबारमा तहल्का मचाउँछ’ भन्न पछि परिनन् । आजकाल भिडियो खेल्न मनै नलाग्ने बताउने तिर्षना अचेल फिल्मको तयारीमै व्यस्त छिन् । समय बढी दिनुपर्ने तर पैसा नपाइने भएरै उनलाई सांगीतिक भिडियोप्रति रुची घटेको हो । संगत भनेको त ठूलैको होस भन्ने सोचले अचेल तिर्षना ठूलै कामलाई ध्यान दिएको दाबी गर्छिन ।
पच्चिस वटा म्युजिक भिडियो गरेकी उनी आफ्नो आलोचनालाई समान्य रुपमा लिन्छिन् । नेपाली समाजमा आफूले गरेको फोटो सुट र भिडियो अलि अपाच्य भए पनि विश्व बजार र आधुनिक प्रविधिका अगाडि नराम्रो नभएको दाबी उनको छ । ‘आगो सल्की मुटुभित्र…, ‘कागजमा लेखे च्यातिन सक्छ मुटुभित्रै लेख्नु मेरो नाम…’, ‘विर्सन चाहँदा तिम्रो सम्झना…’जस्ता म्युजिक भिडियोले चर्चामा ल्याएको भन्न रुचाउने उनी फोटो सुट गरेरै चर्चा पाएको कुरा नकार्छिन । तर ‘हट’ फोटोले चर्चामा ल्याएको भने उनी मान्छिन् ।
सानैदेखि अलि नक्कली स्वभावकी तिर्षनाले टिभीमा आफूलाई सबैले हेरुन भन्ने रहरले कलाकार बनाएको बताइन । कलाकारिताले खान नपुग्ने भएकै कारण उनले ठमेलमा पानीको व्यपारदेखि हाल बल्खुमा क्याफे ब्यापारीसम्म बनाएको बताइन । चर्चा सबैलाई मन पर्ने बताउँदै उनले भनिन्, ‘चर्चा कसलाई मन पर्दैन र ? सबैलाई चर्चित हुने रहर हुन्छ । शरिरले साथ दिए देखाउने हो नदिए लुकाउने । ’ जीवन सुख, दुख र रोमान्सको यात्रा बुझेकी उनी सेक्स पनि भोक लागेपछि खाना खाएजस्तै भएको दाबी गर्छिन । सेक्स जीवनको अति निजी विषय भएकाले यस्को अनुभव र अवस्था बारे भने उनी बोल्न चाहँदिनन् । यत्ति भन्छिन् मेरा सेक्स पार्टनर सिरानी र सिरक हुनेगर्छन ।
No comments:
Post a Comment