भूकम्पले करिब ४५ जिल्लाका घरमा क्षति पुर्याएको छ । गृहमन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार पूर्णरुपमा क्षति भएका घरको संख्या १ लाख ३० हजार ४ सय ८९ छ भने आंशिक क्षति पुगेका घरको संख्या १ लाख ३४ हजार ९ सय ६३ छ ।
यो तथ्य अनुसार हालसम्म २ लाख ६५ हजार ४ सय ५२ वटा घरमा भूकम्पले असर पुर्याएको छ । तर, यो सूचीमा बढी क्षति भएका सिन्धुपाल्चोक र रामेछाप जिल्लाका घरहरुको क्षतिको विवरण समावेश छैन । त्यहाँको क्षतिको आँकलन एक सातासम्म गर्न सकिएको छैन ।
त्यसैगरी अढाइलाख घरहरुको क्षतिको यो सूचीमा विद्यालय र सरकारी भवनहरुको पनि तथ्य समावेश छैन ।
पूर्वाञ्चलमा भोजपुर बढी क्षतिग्रस्त
सरकारले क्षतिका हिसाबले गम्भीर जिल्लाका रुपमा छुट्याएका १३ जिल्लाभित्र पूर्वाञ्चलको ओखलढुंगालाई राखेको छ । तर, १८ जनाको मृत्यु र २४ जना घाइते भएको ओखलढुंगामा भन्दा निजी घरहरुमा पुगेको क्षतिको हिसाबले भोजपुर बढी पीडित देखिएको छ ।
भोजपुरमा ५४८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ भने ४ सय १६ वटा घरमा आंशिक क्षति पुगेको छ । पूवाृञ्चलका १६ जिल्लामध्ये भोजपुरमा सबैधन्दा धेरै घरहरु भत्किएका छन् । भोजपुरपछि सोलुखुम्बुमा धेरै घर भत्किएका छन् । सोलुमा १५७ घर पूर्यारुपमा क्षतिग्रस्त भएका छन् भने २ सय घरमा आंशिक क्षति पुगेको छ ।
सप्तरी र सिरहामा केही घरमा आशिंक क्षति पुगे पनि बस्नै नहुने गरी घर नभत्किएको गृहमन्त्रालयले जनाएको छ । त्यस्तै इलाम, झापा, ताप्लेजुङ तेह्रथुम लगायतका जिल्लामा बस्नै नहुने गरी भत्किएका घरको संख्या कमै छ ।
पाँचथरमा ३२, संखुवासभामा १८, धनकुटामा १५, उदरपुरमा ३३, ओखलढुंगामा ३६ र खोटाङमा ३९ वटा घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
पाँचथरमा ३२, संखुवासभामा १८, धनकुटामा १५, उदरपुरमा ३३, ओखलढुंगामा ३६ र खोटाङमा ३९ वटा घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
काठमाडौंमा भन्दा आसपासका जिल्लामा बढी क्षति
शनिबारसम्मको गृहको तथ्यांकअनुसार काठमाडौंमा भन्दा नुवाकोट र काभ्रे जिल्लामा बढी घर भत्किएका छन् । काठमाडौंमा १७ हजार ७ सय ५० वटा छरहरु बस्नै नहुने गरी भत्किएका छन् भने नुवाकोट र काभ्रेमा ३०/३० हजार घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
काठमाडौंमा २० हजार ३ सय घरहरुमा आंशिक क्ष्ति पुगेको छ भने दोलखामा मात्रै ३५ हजार घरहरुमा आंशिक क्षति पुगेको छ । सबैभन्दा बढीको मृत्यु भएको सिन्धुपाल्चोकबाट घरहरुको क्षतिको विवरण नआए पनि मध्यमाञ्चलमा सबैभन्दा बढी घर भत्कने जिल्ला सिन्धुलपाल्चोक नै रहेको अनुमान गरिएको छ ।
ललितपुरका १६ हजार भन्दा बढी र भक्तपुरमा ९ हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृहमन्त्रालयको प्रारम्भिक विश्लेषण छ ।
उपत्यका आसपासका मकवानपुर र धादिङको क्षति नुवाकोटगायतका जिल्लाको तुलनामा निकै कम छ । गोरखालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण मध्यमाञ्चल र मध्य पश्चिमका जिल्लामा बढी क्षति पुगेको छ । पूर्वाञ्चल र सुदुरपश्चिमका जिल्लामा क्षति कम हुँदै गएको छ । तराईमा पनि भूकम्पको क्षति न्यून छ ।
जाजरकोटदेखि डोल्पासम्म असर
भूकम्पको केन्द्रका रुपमा रहेको गोरखामा निकै ठूलो क्षति भएको छ । तर, सो जिल्लामा कति घर भत्किए भन्ने तथ्यांक शनिबारसम्म गृह मन्त्रालयमा आइपुगेको छैन । गोरखाबाहेक लमजुङमा बढी घरहरु भत्किएका छन् ।
स्रोतका अनुसार लमजुङमा २ हजार १ सय ४३ वटा घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने २ हजार ५ सय ११ वटा घरमा आंशिक क्षति पुगेको छ ।
स्याङजामा १८ सय र तनहुँमा ८ सय घरहरु बस्न नहुने गरी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । बाग्लुङमा ४२८ र मुस्ताङमा २३ घरमा पूर्ण क्षति भएको छ भने रोल्पामा २९ र रुकुममा २६ घरमा पूर्ण क्षति भएको गृहमन्त्रालयको प्रारम्भिक तथ्यांक छ ।
कास्कीमा १७४ घरमा पूर्ण क्षति पुगेको छ भने ७ सय घरहरुमा आंशिक क्षति पुगेको छ । गुल्मीमा ५०७, पाल्पामा ३५३ र अर्घाखाँचीमा १ सय वटा घरहरुमा पूर्ण क्षति पुगेको छ ।
पश्चिममा भूकम्पले क्षति नपुर्याए पनि जाजरकोट डोल्पासम्म भूकम्पले असर पुर्याएको छ । उद्दार कार्य जारी रहेको र क्षतिको विवरण आउने क्रम नसकिएकाले गृहमन्त्रालयले सार्वजनिक गरेको यो तथ्यांक अझै बढ्ने अनुमान गरिएको छ ।
No comments:
Post a Comment