शुन्य नम्बर ल्याएकी संगीता फस्ट डिभिजनमा पास
असार २८ – एसिड आक्रमणमा परेपछि घाइते भएकी संगीता पुलामी मगर अर्थात वास्तविक नाम खड्गमाया पुलामी प्राक्टिकल बाहेक अन्य सबै विषयमा शुन्य नम्बरमै समेटिएकी थिइन् । आक्रमणपछि उपचारका क्रममा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको शैयाबाटै एसएलसी दिएकी खड्गमायाले अहिले फस्ट डिभिजनको मार्कसिट पाएकी छिन् । उनले पाएको मार्कसिट रातोपाटीलाई प्राप्त भएको छ । उनले ६५ प्रतिशत ल्याएको मार्कसिटमा उल्लेख छ । यसअघि नतिजा सार्वजनिक हुदाँ उनी फेल भएकी थिइन् ।
पहिलेको रिजल्ट |
त्यसमा पनि प्राक्टिकल बाहेक अन्य सबै विषयमा अंक शुन्य थियो । परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण उनको नम्बर शुन्य देखिएको हो वा अन्य कुनै कारण हो यस सम्बन्धि सम्बन्धित निकायका व्यक्तिहरुले कुनै जवाफ दिएका छैनन् । तर, स्रोतका अनुसार रातोपाटीलाई संगीताले अर्थशास्त्रको परिक्षा फेरि दिएको जानकारी गराएको छ । ‘ अर्थशास्त्रको कपि नै हराएपछि गएको बुधबार उनले फेरि परिक्षा दिइन् ।’– स्रोतले रातोपाटीलाई बतायो ।
साभारः रातोपाटी
No comments:
Post a Comment