चलचित्र ‘६ एकान ६’ चल्नुको पछाडि यसको शिर्ष गीत पनि मुख्य रह्यो । यो गीतले बजारमा राम्रै चर्चा पायो र चलचित्रको व्यापार पनि उकालो लाग्यो ।
अब, दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले बनाएको नयाँ चलचित्र ‘वडा नम्बर ६’को पालो आएको छ । असोज १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ‘वाइयात लभ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
यो गीतमा दिपकराज गिरीलाई भिन्न लुक्समा देखाइएको छ । हुनत, यो गीत फिल्मी शैलीको नभएको दिपक पनि स्विकार गर्छन् ।
सुगम पोख्रेल र प्रिती कौरको आवाज रहेको यो गीतमा दिपकराज गिरीको शब्द र सुगमकै संगीत छ । प्रचारको लागि सुरुवातमा नै बजारमा ल्याइएको यो गीतको चर्चाले चलचित्रको व्यापारलाई फरक पार्नेछ ।
No comments:
Post a Comment