Friday, July 24, 2015

त्यसो भए नेपाललाई हिन्दू राज्य बनाऊँ र गौतम बुद्धलाई भारतमा जन्मेको भनेर स्वीकारौं !!



त्यसो भए नेपाललाई हिन्दू राज्य बनाऊँ र गौतम बुद्धलाई भारतमा जन्मेको भनेर स्वीकारौं !!
गौतम बुद्धलाई भारतले ५० वर्षअगाडिदेखि भारतमा जन्मेको भनेर दाबी गर्दै आएको हो । यसले गर्दा विश्वभरिबाट पनि त्यही भन्न थालेका थिए । जब नेपाल हिन्दू राज्य थियो, न त राजा, न त कुनै पार्टीकै नेता, न त कुनै सामाजिक कार्यकर्ता कसैले पनि आवाज उठाउन सकेका थिएनन् ।

किन हिन्दू राज्य भाको बेला गौतम बुद्ध भारतमा जन्मेको भनेर स्वीकार्नु परेको हामीले ? किन त्यसबेला राजा, नेता, मन्त्री, हामी नेपालीहरु किन मौन थियौं ? त्यसबेला हामीलाई “Gautam Buddha Was Born In Nepal” सत्यको आवाज उठाउन कसले रोकेको थियो ?
किन हिन्दु राज्य हुँदाखेरि बुद्ध नेपालमा जन्मेको हो भनेर समर्थन गर्दै एउटा पनि र्‍याली भएन ? यस्तो महत्वपूर्ण विषयमा पनि किन पूरै नेपाल र नेपालीहरु मौन थिए ?
कसको डर, भयले गर्दा आवाज उठाउन सकेका थिएन ? त्यसबेला गौतम बुद्ध नेपालमा जन्मेको भनेर आवाज उठाउन साँच्चिकै कसले रोकेको थियो ? हिन्दू राज्यले नै रोकेको हो । यही हिन्दू राज्यले रोकेको थियो ।
हिन्दू धर्मले कुनै पनि धर्मलाई निषेध गर्ने हैन तर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अरु धर्महरुको हक, अधिकार र पहिचान दबाउन प्रभाव गरिरहेको हुन्छ । त्यही भएर नै हिन्दू राज्य हुँदाखेरि, कसैले पनि भारतमा जन्मेको बुद्ध भन्ने कुराको विरोध गर्न सकेका थिएनन् ।
केही अतिवादी, कट्टरपन्थी, स्वार्थी हिन्दूहरुले भन्छन् कि नेपाल हिन्दू राज्य हुनुपर्छ र तर्क दिन्छन् कि हिन्दू धार्मिक राज्यले सबै धर्मलाई एक समान समेटिएको हुन्छ । गौतम बुद्ध नेपालमा जन्मेको हो भन्ने कुरा अटुट सत्य हो । हिन्दु राज्य हुँदाखेरि एउटा सत्यको पछि आवाज उठाउन नसक्ने कस्तो समानता थियो हिन्दु राज्यमा ?
अब फेरि नेपाललाई हिन्दू राज्य घोषित गरौं र गौतम बुद्धलाई भारतमा जन्मेको भनेर स्वीकारौं !!! यही त खोजेको होला हिन्दु राज्य माग्नेहरुले ।
म पनि हिन्दु हुँ तर नेपालमा एकल हिन्दू राज्य कहिले पनि समर्थन गर्दिनँ । राष्ट्रले सबै धर्महरुलाई एक समान नजरले हेर्नुपर्छ। नेपाल धर्मनिरपेक्ष नै हुनुपर्छ ।
(मेरो कुरा गलत छ भने अवश्य पनि विरोध गर्नुहोला । तर कृपया विरोध गर्ने अगाडि मलाई गलत साबित गर्नुहोला । मलाई कुनै सबुत वा उदाहरण देखाउनुहोस् कि हिन्दू राज्य हुँदाखेरि बुद्ध नेपालमा जन्मेको हो भन्ने कुरा कसले र कहिले उठाएको थियो र सफल भएको थियो कि थिएन ?)

No comments:

Post a Comment