सुषमा देवकोटा, काठमाडौं
मेरो बिबाहको अघिल्लो दिन उसले मलाई फोन गरी । ४ महिना पछि आएको उसको फोनको रिङटोन बज्नासाथ म झस्कीएं, त्यो रिङटोन उसको लागी मात्र राखेको थिएं । उसको प्रेममा डुबेको मैले अरु संगै बिबाह हुन लाग्दा पनि उसको लागि रोजीएको रिङटोन चेन्ज गरेको थिईन ।
बिबाहको उत्सव त्यति खास पनि थिएन, म सुलोचना संग बिबाह गर्दै थिएं, एउटा नाम बिनाको बिबाह, प्रेम बिबाह भनुं भने सुलोचनालाई भेटेको २ महिना पनि भएको थिएन, न कुनै डेटीङ, न प्रेममय मिठा मिठा बात न उ बिनाको छट्पटी । कसरी प्रेम बिबाह भन्नु यो निरस सुरुवातलाई ।
मागी बिबाह भनुं भने न मेरो परिवारले सुलोचनलाई चिनेको थियो, न सुलोचनाको परिवारले मलाई । अझ सुलोचनाको परिवार त मलाई कुनै हालतमा ज्वाईं नमान्ने अडानमा थिए । मेरो घर सुदुरपश्चिमको दार्चुलामा थियो, सुलोचना तनहुँकी केटी ।
सानैबाट लाड प्यारमा हुर्कीएकी सुलोचना भर्खरै १८ बर्षकी टिनेजर केटी थिई । उसको बुबाले मेरो जात, चालचलन र संस्कारको बिभेदता, भौगोलीक दुरी र मेरो बेरोजगारीलाई लिएर कुनै पनि हालतमा म संग बिबाह गर्न नहुने कुरा सम्झाएका थिए । तर सुलोचनाले परिवारको कुरा नमानेर म संग बिबाह गर्दै थिई ।
उसको परिवारले उमेर सानो र पढाई बिग्रने कुरा सुनाएर उसलाई बिबाह गर्न रोक्दा रोक्दै पनि उ मेरो मायालाई त्याग्ने पक्षमा थिईन ।
मेरो परिवारले कुनै बिरोध नजनाए पछि म आफु ढुक्क थिएं । तर मन अन्योलमा थियो, म किन उसलाई बिबाह गर्दै थिएं ? प्रेम त म आज पनि अरुलाई नै गर्थे, अरु पनि कसरी भन्नु जो मेरो मनको चारै भित्ता ओगटेर बसेकी छ ।
मेरो प्रेम संग जोडीएर आउने एउटै नाम दिप्ती शाही । जुन नाम मैले चाहेर पनि मेटाउन सकेको छैन ।४ बर्षको मेरो अगाध प्रेमलाई उसले ४ महिना पहिले टुक्राएकी थिई । उसले मलाई छोडेर अरुलाई रोजी होला जस्तो लागेको थियो, तर आज उसले मलाई फोन गरी ।
बधाई दिन फोन गरेकी होली जस्तो लागेर फोन उठाएं, नउठाएको भए पनि हुन्थ्यो तर मन मानेन, फोन उठाउना साथ उसले रुन्चे स्वरमा भनि कुमार तिमी बिहे गर्दैछौ भन्ने थाहा पाएं, तिमीले यो निर्णय गर्दै गर्दा एक पटक पनि मेरो याद आएन ?
म के भनौं भनौंको अन्योलमा अड्कीएं एकछिन । उसको यो कुरामा म साह्रै खुशि थिएं तर भोली मेरो बिबाह हुँदैछ यो हल्ला सबैतिर फैलीएको थियो धुवां बनेर ।
तिमीले मलाई बिर्सेर गयौं दिप्ती मैले उदास सुस्केरा छाडें । उसले उसैगरी दबेको स्वरमा भनि मैले सोचेको थिएं, तिमीले कुनै न कुनै बेला फोन गर्छौ भन्ने, म तिम्रो पर्खाईमै रहें ४ महिना तर आज अचानक तिम्रो बिबाह हुँदैछ भन्ने सुनें ।
मैले मनलाई रोक्न सकीन र भनें दिप्ती यदि तिमी म संग बिबाह गर्छौ भने म यो बिबाह अहिलेनै क्यान्सील गरिदिन्छु । उसले मलाई रोक्दै भनि तिमीले यो कुरा पहिले नै सोच्नुपर्थो अब बिबाह क्यान्सील गर्न मिल्दैन ।
म तिम्रो बिबाहमा आउन पनि सक्दीन किनकी मन दुख्नेछ साह्रै,उसले फोन राखीदिई ।
कोठा लिएर बसेको थिएं म, त्यहि कोठाको छतमा दिप्ती र मेरो आज ४ महिना पछि कुरा भएको थियो । त्यही छत हो जहाँ कयौं रात दिप्ती संग फोनमा कुरा गरेरै बित्ने गर्थे । त्यही छत जो ४ महिना देखी दिप्तीको याद बल्झाउने एउटा कारक बनेको छ । आज अचानक उसको फोन त्यही छतमा उभिएको बेलामा आयो तर हाँस्नु न रुनु को अवस्था बोकेर ।
तल झर्दै थिए भर्याङ उक्लदैं गरेकी सुलोचना देखेर नराम्र्रो सँग झस्कीएं । उसले हतारिंदै भनी तपाईको कोठामा चुक्कुल लगाएको देखेर छतमा हुनुहुन्छ की भनेर आएको । संगै अनुहार भरी खुशि फुलाएर भनि मेरो मम्मी बाबा आउँदै हुनुहुन्छ रे । देख्नु भयो त मेरो मम्मी बाबाले मलाई कति माया गर्नुहुन्छ, म त कन्यादान गर्ने मान्छे पनि नहुने भयो भनेर पीर गर्दैथिएं ।
उसको परिवार बिहेमा सामेल हुने कुराले उ जति दंग थीई, म भित्र उतिनै औडाह थपिएको थियो दिप्तीको फोनले ।
एक मन त सोचें यो बिबाह हुन सक्दैन भनिदिउँ तर मुखवाट यो कुरा निस्किएन । अझ बिबाहको बिरोधमा रहेका उसका आमा बुबा आउने कुराले त अर्को संकट आईलाग्यो ।
दुईजना कोठामा पस्यौं, उ भोलीको दिनलाई लिएर जीस्कीरहेकी थिई, म मौन नै थिएं, चिया बनाउन सुलचोना । मैले आदेशको शैलीमा बोलें, उ खुरुक्क मानी । उसो त यो दुई महिनामा उसले मेरो कोठामा आउँदा खाजा नै पनि बनाउनु पथ्र्योे, मलाई अल्छी लागेको बेलामा उसले कपडा पनि धोईदिन्थी ।
कीचनका सामान कुन कँहा छ उसलाई कण्ठै भै सकेको थियो तर सानैबाट काम नगरेकी सुलोचना राम्रो संग चिया पनि बनाउन जान्दैन थिई ।
उसले मेरोे लागि आज पनि चिया बनाईदिई । सुलोचना र दिप्तीमा धेरै कुराको फरक थियो, न सुलोचना दिप्ती झैं कुनै बिषयलाई लिएर तर्क बितर्क गर्न सक्थी न मैले गरेका कामहरुको बारेमा खुलेर प्रशंसा र बिरोध । सुलोचना संग बिबाह पछिका योजनामा राम्रो घर, सुन्दर छोराछोरी, श्रीमान संग घुम्न जाने उच्च महत्वकांक्षा मात्र भेट्थें तर दिप्ती संधै सरकारी जागीर की प्राईभेट, कुन काममा लगानी गर्न सकीन्छ, पढाईलाई कहाँ सम्म लाने जस्ता कुराको दह्रो योजना बोकेर मेरो अगाडी प्रस्तुत हुन्थी, सल्लाह र सुझाब चित्त बुझ्दो हुन्थ्यो उसको । मलाई एक प्रकारको बानी नै परिसकेको थियो दिप्ती संग सल्लाह नगरी काम नगर्ने ।
२५ बर्षकी दिप्ती र १८ बर्षकी सुलोचनाका सोचहरु बिलकुल फरक थिए । त्यसैले पनि म आफ्ना कुराहरु सुलोचना संग सेयर गर्न चाहन्न थें, मनले यहि भन्थ्यो यो केटीले यस्ता कुरा के बुझ्छे र सुनाउनु ।
मेरो कपको चिया सकीनै लाग्दा उसको मम्मीको फोन आयो, नयाँ बसपार्क आईपुग्न लागेउँ भनेर । उ आफनो कोठामा जान हतारिई, उसो त हाम्रो कोठा जम्मा १० मिनेटको फरकमा थियो ।
अनुनयको आँखाले मलाई हेरेर बोली तपाई पनि जाउँन ।
म जाँदीन पछि भेट्छु अलि रुखो भएर बोलेछु क्यारे उसको अनुहारको चन्चलता छिनमै हरायो । हुन्छ, म गएं उ ढोकाबाट बाहिरीई ।
उ जानासाथ ल्यापटप खोलें र किशोर कुमारको गीत बजाएं चेहरा हे या चाँद खिला हे जुल्फो घनेरी साम हे क्या सागर जैसे आँखो वाली य तो बता तेरा नाम हे क्या ।
ल्यापटपमा रहेको दिपु नामको फोल्डर खोलें जहाँ दिप्तीका धेरै फोटोहरु छन् । गीत र दिप्तीको फोटोको तालमेल पटक्क नमिलेको देखेर हाँस उठ्यो, दिप्ती हेर्नमा सुन्दर छैन यो कुरा सबैलाई थाहा छ, त्यसमा पनि उसको ब्वाईज कट कपाल, केटाको जस्तो ड्रेसअप, नारायण गोपाल शैलीको चस्माले उ देखेर धेरै जना झुक्कीन्छन् केटा हो की भनेर जसरी म कलेज सुरुको दिन उसलाई देख्दा झुक्कीएको थिएं । किशोर कुमारको यो गीत ठ्याक्क सुलोचना संग मेल खान्छ, यो गीत सुलोचना संग मेल खाएको देखेर एक प्रकारको नमीठो लाग्यो खै कीन यस्तो भयो मलाई । त्यो गीत बन्द गरेर एक तो सजन मेरे पास नहि रे, दुजे मिलन दि कोहि आस नहि रे, चार दिनोके प्यार हो रब्बा, बडि लम्बि जुदाई गित दोहारयाएर सुनें ।
साँझमा सुलोचनाको फोन आयो उसको र मेरो लागी सपिङ गर्न जानको लागि । अहिले त म बाहिर निस्कीसकें भन्दिएं । खासमा बाहिर गएको कुरा झुट थियो, म उसको बाबा मम्मीलाई भेट्न खोजीरहेको थिईन ।
राति फोन भएन, बिहान भद्रकाली मन्दीरमा हाम्रो बिबाहको कार्यक्र्रम तोकीएको थियो, उसको परिवारले अर्को ठाउँको सिफारीस पनि गरेन ।
हाम्रो बिबाह भयो, मेरा साथीभाई धेरै उपस्थीत थिए तर दिप्ती त्यो भिडमा नहुदाँ सुन्य थिएं म । फोन गर्न मन लाग्यो तर वातावरण नै मिलेन ।
सुलोचनालाई आफन्तको घरमा भित्रयाईयो, तर भोली नै उसको भाईबैनी र बुबा आमा लगाएतका आफन्त घर फर्कने कुराले हामी ट्याक्सीमा मेरो कोठामा फर्कीयौं । उसका आफन्त मेरै कोठामा जम्मा भए । सुहागरातको दिन पनि दिप्तीकै यादले खल्लो बनायो ।
भोलीपल्ट बिहानै दिप्तीको फोन आयो आज भेटौं भनेर, यसपटक उसको माया अझै बढ्यो, मैले अरु संग बिबाह गरें तर बिचरा दिप्ती अझै मलाई भेट्न चाहन्छे ।
सुलोचनाको परिवार बिहानकै बसमा तनहुँ फर्कीए, म खाना खाएर भृकुटीमन्डप पुगें जहाँ दिप्ती र मेरो बर्षौं देखी चिया खाने पसल थियो । उसलाई देख्ना साथ डाँको नै छोडेर रोउँ जस्तै भएको थियो, उसले मेरो अवस्थालाई बुझेर चिया पसल पछाडीको चौरमा लगि ।
दुई जना नै प्रायः मौन थियौं, उसैले सोधी बिबाह कस्तो भयो, को को आए, मैले शिक्षकले बिद्यार्थीलाई सोधेको प्रश्न झैं उत्तर दिएं, आफुलाई अपराधि महशुष भै रहेको थियो उसको सामु ।
फर्कीए पछि पनि दिप्तीले फोन गरि घर पुग्यौं भनेर जस्तो की ४ महिना पहिलेको ४ बर्ष जस्तै । कोठामा सुलोचना श्रृगारिएर बसेकी थिई, मलाई देख्नासाथ खशि हुँदै भनि कति अबेर गरेको । झनक्क रिस उठ्यो, अरु काम केही छैन तिमी संगै टाँस्सीरहुं ? भन्दीएं । उसका आँखा भरि आँशु भए तर मलाई गल्ती बोलें जस्तो लागेन ।
बेलुका खाना खाएर सुत्ने बेलामा भन्दीएं आज म दिप्तीलाई भेट्न गएको थिएं । सुनेर उ अक्कन बक्क परि । मैले सुलोचनालाई प्रेम प्रस्ताब राखेको दिनमा भनेको थिएं म एउटी केटीलाई प्रेम गर्थे, तर अब हामी छुटी सक्यौं, उ मेरो जिवनको अतित हो अब तिमी मेरो सबथोक हौ ।
सजीलै भनेकी थिई सुलोचनाले तपाईको प्रेमलाई लिएर मलाई कुनै आपत्ती छैन, तपाईंले नभनेको भए थाहा पनि हुन्थेन, हिजोको कुरालाई लिएर हाम्र्रो जीवन दुखी नहोस् । उसले यो पनि भनेकी थिई यदि दिप्ती र तपाई फेरी संगै हुने संभावना छ भने तपाई उ संग माफी मागेर भएपनि संगै रहनु भएको प्रेम प्राप्त हुन्छ भने नयाँ प्रेमीका किन बनाउनु हुन्छ ।
त्योे बेला मैले भनेको थिएं अव दिप्ती र मेरो च्यापटर नै क्लोज भै सक्यो, उ र म संगै हुनै सक्दैनौ ।
तर आज मैले सुलोचनाको बिश्वास तोडेको थिएं दिप्तीलाई भेट्न गएर । त्यो रात मेरी श्रीमती निदाउन सकीन मैले थाहा पाईरहें तर वास्ता गरिन ।
एउटा बानी छ सुलोचनाको उ कहिल्यैं रिसाउँदीन, जतिबेला हाँसिरहने, बरु चित्त चै दुखाउँछे, चित्त दुख्नु र रिसाउनु को बिभेद म जान्दैन थें । भोलीपल्ट बिहान पनि उ त्यति बोलीन, मैले हप्काएं के नाटक हो संगै बस्न मन छैन भने भन । यो शब्द मैले बिहेको तेस्रो दिन प्रयोग गरें ।
खाना नखाई निस्कीएं, बाटैबाट दिप्तीलाई बोलाएं आर आर कलेजको अगाडी चिया पसलमा कुर्छु भनेर उ आई । उ संगै हुँदा म्यासेज आयो सुलोचना अर्थात श्रीमतीको । सुलोचनालाई श्रीमती भन्नु पर्दा मलाई औडाहा भै रहेको थियो । उसको म्यासेजमा आई एम सरी मै गलत हुँ लेखिएको थियो । दिप्तीले पनि पढी एसएमएस ।
राती १० बजे रक्सी खाएर घर पुगें, श्रीमती खाना कुरेर बसेकी रैछ, मैले खान्न भनेपछि उ पनि नखाई सुत्ने भै मलाई केही फरक परेन । संगै सुतेकी श्रीमतीको माया नलागेपनि शारिरिक आर्कषणले तान्दो रहेछ, पहिलो सुहागरात रक्सीको नसा र भोको पेटमै मनाइयो ।
त्यसपछिका हरेक दिन दिप्ती र मेरो भेट हुन थाल्यो, जहाँ जाँदा संगै । दिन त रमाईलै थियो रातमा घर फर्कीएपछि श्रीमतीको अनुहार देख्नासाथ खुशि त्यसै तुहिन्थ्यो ।
बिबाहको ७ औं दिन नै मैले श्रीमतीलाई भनें अझै केहि बिग्रेको छैन डिभोर्स गरौं । उ खुव रोई । मैले फकाईन ।
बिस्तारै श्रीमती हाँस्न र जिस्कन छोडीदिई, तर बोल्न छोडेकी थिईन । गफ पनि केहि हुन्थेन गर्नलाई, म दिप्तीको प्रशंसा सुरु गर्थे उ सुनिरहन्थी, अनौठो लाग्थ्यो यो केटी मुर्ति हो की मान्छे ।
एक रात म १२ बजे घर फर्कीएं, श्रीमतीले खाना खाएकी थिईन, घर पुग्नासाथ मैले बान्ता गरें, रक्सीले निकालेको बान्ता खाटभरी भयो । श्रीमतीले टाउको समाएर मुखभरी लागेको बान्ता पानिले पखालीरहि, जस्तो की खाना खुवाएर आमाले सानो बच्चालाई चुठाईदिन्छन् । मुख बाट एउटा शब्द निस्कीएछ, सुलोचना मैले तिमीलाई धोका दिएं ।
३ पटक बान्ता गरेर म निदाँए, श्रीमतीले मेरो फोन चेक गरिछ, १०ः२५ बाट ११ः४५ सम्म मैले दिप्तीलाई फोन गरेको उसले थाहा पाई । २ बजे म बिउँझदा उ रोईरहेकी थिई, झनक्क रिस उठ्यो भन्दीएं हेर जति रोउ कराउ मेरो मन फेरींदैन ।
भोलीपल्ट उ साथीकोमा जान्छु भनेर निस्कीई, ३ बजे तिर फर्कीई, बल्ल थाहा भयो उ दिप्तीलाई भेट्न गएकी रहिछे । सुनेर रिसको पारो नै तात्यो, कत्रो हिम्मत मलाई नभनी दिप्तीलाई भेट्न जाने । बिचरा दिप्तीलाई हप्काई होला जस्तो लागेर फोन गरें श्रीमतीको अगाडी नै । उसले भोली भेट सबै कुरा भन्छु भनि ।
भोलिपल्ट दिप्तीलाई भेटेपछि थाहा भयो, श्रीमतीले म सुतेपछि दिप्तीलाई एसएमएस गरेर भेट्न भनेकी रैछ र उनिहरुले भेट्ने ठाउँ तय गरेछन् । मेरी श्रीमतीले भनिछ तिमीलाई कुमारले भुल्न सक्नु भएको छैन सक्छौ त बिस्तारै टाढा भै देउ ।
हाँस पनि उठ््यो अरुका श्रीमती भएका भए तथानाम गाली गरेर आईन्दा मेरो बुढालाई भेटीस भने तँलाई जानेको छु भन्थे होलान् ।
त्यसपछिका दिनमा म श्रीमतीलाई भन्न थालें, एक दिन दिप्तीलाई खाना खान बोलाउ, उ खुरुक्क हुन्छ भनेर फोन गरेर भोली खाना खान आउन भनि नरम भएर, मेरी प्र्रेमीकाले ठाडो जवाफ दिई किन आउने आउँदीन म ।
म जँहा जान्थें दिप्तीलाई नै लैजान्थें, मलाई उ म संग हुँदा खुव राम्रो लाग्थ्यो, मेरो बिबाह भयो भन्ने कुरा थाहा पाउनेले थाहा पाए, बाँकी साथीलाई श्रीमती भेटाउन चाहिन मैले ।
एउटा कुरा के ढुक्क थियो भने, मैले जे जति गरेपनि मेरो ससुराली लाई थाहा हुदैन, कीनकी म संग बिहे गर्न रोक्दा रोक्दै उसले परिवारको बचन लात मारेकी थिई, त्यसैले पनि मैले उ प्रति गरेको ब्यवहार उ परिवारलाई सुनाउन सक्दैन थीई ।
जव घर फर्कन्थे बैराग्य लाग्थ्यो, श्रीमतीकै अगाडी बसेर म दिप्तीलाई फोन गर्थे, के छ बुढी भनेर, उ पनि हाँस्थी यो सम्बोधनमा । श्रीमतीका आँखा भरिनु पोखीनुले मलाई असर गरेन, कीनकी उ एक प्रकारको बोझ बनेकी थिई मेरो ।
कैले काहीं श्रीमतीलाई फकाएझै गर्थे, मैले कुनै दिन दिप्तीलाई बिहे गरें भने तिमी पनि खुशि हुनुपर्छ, किनकी तिमी मेरो खुशि चाहन्छेउ, मेरो खुशि दिप्ती हो । मेरी श्रीमती के सोच्थी मलाई थाहा हुन्थेन, उ एक प्रकारको लाटो बनेकी थिई बिबाह पछि ।
बिबाहको दोस्रो महिना बाटै श्रीमतीले जागीर खान थालेकी थिई, घरको काम र अफीसको थकानलाई उसले मेरो सामु देखाईन, कैले काँहि थाक्यौं होला भनेर सोध्दा उ खिस्स हाँस्थी र भन्थी थाकेको छैन ।
उसोत हाम्रो गफ कम र झगडा धेरै हुन्थ्यो, झगडा पनि के भन्नु म उसलाई आफनो तरिकाले गाली गर्थें उ चुपचाप हुन्थी । उ बोल्न थाली भने मेरो हात छोड्ने बानि थियो ।
उ रुदा संधै मम्मी मम्मी भनेर रुन्थी यो उसको बचपन मलाई पटक्क मन पर्थेन । म सोच्थें जीन्दगी त मेरो बर्बाद भएको छ, यो कीन रुनु, मैले चाहेको केटी गुमाउनु परेको छ, यहि बिबाहले गर्दा ।
यो क्रम २ बर्ष सम्म चल्यो । त्यो दिन बिहान श्रीमतीले दिप्तीलाई भेट्न जान रोक लगाई, मैले दिप्तीको ठाउँ तैले लिन सक्छु भनेर नठानेकै राम्र्रो, ईख भएको केटी भएको भए मैले यस्तो ब्यबहार गर्दा की त छोडेर जाँदा हुन् की त आत्महत्या गर्दा हुन्, कोही नपाउने भएर म संग बसीरहेकी छस् भनेर कोठाबाट निस्कीएं ।
संधै फोन या एसएमएस गेरेर आई एम सरी भन्ने श्रीमतीले त्यो दिन न फोन गरि न म्यासेज । साँझ घर फर्कदा उसले ढोका खोलीन, म बाहिर बसेर गाली गर्न थालें, जति गर्दा ढोका नखुले पछि मोवाईलमा फोन गरें रिङ बजेको सुनियो तर उसले ढोका नखोलेपछि, मैले वरपरका कोठाका छिमेकीलाई बोलाएं, कसैले बोलाउँदा उ नबोलेपछि सबै जना डराए, घरबेटीले ढोका फोर्न अनुमती दिएपछि बल्ल बल्ल ढोका खुल्यो, भुईमा श्रीमती लडेकी थिई, मुखबाट फीँज निकालेर, छुन पनि डरलाग्दो भएकी थिई उ, घरबेटी अंकलेले छुनासाथ थाहा पाउनु भयो उ मरिसकी छ ।
पुलीस आयो, उसले रित्याएको मेडासिटको सिसि फेला पर्यो । मलाई यो कुरा सुनाउन मन लाग्यो दिप्तीलाई र फोन गरें । उसले केहि आश्चर्यको भाबमा केहि कुरा सोधी र भनि यो कुरा छीनोफानो नलागीकन मलाई फोन नगर । उसले फोन काटी ।
सुलोचनाले आत्महत्या गरेको साक्षी घरबेटी र छिमेकी थिए । तर उसका केहि साथीहरुले हाम्रो बिग्र्रीएको सम्बन्धको बारेमा कुरा उठाउँदा उसको परिवारले प्रहरीलाई दवाव दिन थाल्यो अनुसन्धानको लागि ।
यो कुरा सुनाउन फोन गर्दा दिप्तीले फोन उठाईन एसएमएस गरें उसले छोटो रिप्लाई दिई, यो तिम्रो समस्या हो प्लीज भुलेर पनि मेरो नाम नलिनु कसैले सोधे यो कुरा गलत हो भन । मेरो लागि तीमीले यति गर्नेछौ ।
अन्नतः म निर्दोस थिएं निर्दोसनै साबित भएं । तर मेरो ससुराली पक्षले सुलोचनाको शव जलाउने देखि काजक्रीयाको काममा मलाई अधिकार दिएनन् । मेरो छोरीको हत्यारा भनिरहे ।
धेरै दिन भएको थियो दिप्ती संग कुरा नगरेको रातको ९ बजे उसलाई फोन गरें, एकजना केटाले फोन उठायो । दिप्तीलाई सोध्दा उसले तपाइ को हो यति राती फोन गर्ने भनेर ठाडो पारामा बोल्न थालेपछि भनाभन सुरु भयो । उसले आफु दिप्तीको ब्वाईफ्रेन्ड भएको सुनायो ।
त्यसपछि दिप्तीको फोन अफ भयो भोलीपल्ट बिहान १० दिप्तीले फोन गरेर भनि हिजो तिमीले मेरो ब्वाईफ्रेन्डलाई के भन्यौं ?
झोकै चलेर आयो दिप्तीले कसरी भन्न सकी मेरो ब्वाईफ्रेन्ड भनेर त्यो केटालाई । कैले बाट तिम्रो ब्वाईफ्रेन्ड भयो त्यो म हुँदा हुदैं हप्काएको शैलीमा भनें ।
सांढे २ बर्ष देखी हामी अफेयरमा छौं । यहि कारण थियो म तिमीबाट टाढा हुनुको । तिम्रो कारण मेरो प्रेममा बाधा नहोस । प्लीज म उसको नम्वर दिन्छु फोन गरेर भन्देउ दिप्ती र म बिच केहि त्यस्तो छैन, साथी मात्र हौं हामी । मैले हिजो रक्सी खाएको थिएं केहि नराम्रो भनेको भए सरी भनेर कुरा गर उसंग ।
म छक्क परें पण्डीतले घोकेको मन्त्र झैं गरि सजीलै उसले यो कुरा भनि मलाई ।
असह्रय भएपछि भनें मेरो बिबाहको अघिल्लो दिन फोन गरेर तिमीले के के भनेको थियौ याद छ ?
उसले जवाफ दिई हेर ४ बर्ष संगै भएको, आफुलाई माया गर्ने र आफुले जे भन्यो त्यहि मान्ने केटाले एक पटक मलाई नसोधी बिबाह गर्दैछ भन्ने सुन्दा मलाई आफु साह्रै हेपिएको महशुष भएको थियो । तिमीसंग जीवन बिताउने भएको भए त न मैले तिमीलाई छोड्थें न तिमी बिहे क्यान्सील नगर भन्थें ।
तिमीले आफ्नो बैबाहिक जीवन समाल्न नसक्नुमा मेरो केहि दोस छैन । तिमीमाथी सहानुभुती पलाउँथ्यो मलाई । तिमी हरेक दिन आफ्नी श्रीमतीको कमजोरी मेरो उचाई संग तुलना गर्थेउ त्यो बेला मलाई तिम्रो अवस्था माथी दया लाग्थो । तिमी म संग केहि पल बिताउँदा खुशी हुन्छौ भने किन त्यती नगरुं भनेर मैले साथ दिएं ।
तिम्रो खुशीको लागि म यति धेरै गर्न सक्छु भने तिमी मेरो खुशीको लागि मेरो ब्वाईफ्रेन्ड संग माफी माग्न सक्दैनौ ?
म अन्यौलमा परें कस्तो खाले प्रेम हो यो ? म उसको खुशी हेरौं या मेरो दुखेको मन समालुं । डाँको छोडेर रोउँ या गएर सबको सामु एक थप्पड मारु ?
बोल्ने शब्द नै रोकीयो र फोन राखें । कोठाको भित्तामा श्रीमतीले कीनेर राखेको ठुलो ऐना थियो, ऐना अगाडी उभिएं । ऐनामा आफ्नो अनुहार साह्रै साह्रै नराम्रो लाग्यो । मानौं दुनियाकै कुरुप मान्छे मै हुँ । सन्सार भासिएझैं भयो, श्रीमतीले छोडेर जाँदा नझरेको आँसु आज दिप्तीका वाक्यहरुले झर्यो । ४ बर्षको प्र्रेमलाई भत्काएर दिप्ती जाँदा यति धेरै दुखेको थिएन मन जति आज दुख्यो ।
६ बर्षमा दिप्तीले मेरो मुटुलाई पुल बनाएर ओहोरदोहोर गरिरही । मैलाई थाहा भएन यो मुटुले सहन नसक्ने रोग बेसाउँदै छ भन्ने ।
दिप्तीसंगका पल सम्झदै गर्दा म श्रीमतीमा गएर ठोकीएं । श्रीमतीको धुमील आकृती अगाडी उभिएर हाँसीरहेझै लाग्यो । साँच्चै असक्त र एक्लो भए म । पहिलो पटक श्रीमतीको अभाव खड्कीयो उ आज यहाँ हुँदी हो त मलाई सम्झाउँदी हो फकाउँदी हो आसु पुछदै ।
बिबाहमा सीलाएको कोट झुन्डीरहेको थियो खै कीन किन त्यो कोट छुन मन लाग्यो, कोट झीकेर हातमा खेलाईरहें, कोटको खल्तीमा केहि कागज भए जस्तो लाग्यो के रहेछ भनेर हेर्दा त्यो कागजमा सुलोचनाका अक्षरमा यी कुरा थिए,
कुमार
तपाँई चाहनुहुन्थ्यो म यो कोठाबाट गईदिउँ, तपाँईको जीन्दगी बाट गै दिउँ, दिप्ती र तपाँईको प्रेममय जीवनमा छायाँ सम्म नहोस् मेरो । तपाँईको खुशी यतिमै काफी थियो होला तर मैले यो दुनियाँबाटै गईदिन चाहें ।
मैले मेरो परिवारको ईच्छा बिपरित बिबाह गरें, सोचेको थिएं कुमार मेरो जीवनमा भै दिए संसारै जीत्नेछु । अपसोच आज २० बर्षको उमेरमा म आत्महत्या गर्दैछु, म त्यो मान्छेको लागि मर्दैछु जो मेरो मृत्युमा १ थोपा आँसु पनि झार्छ झार्दैन म यकिनका साथ भन्न सक्दीन । मेरो मृत्युमा त्यहि आमा बुबा र भाईबैनी रुन्छन् जसलाई मैले कोहि र केहि ठानेको थिईन प्रेमको अगाडी । हिजो भनेको नमानेर रुवाएको थिएं, अब परिवार जीवन भर रुनेछ मेरो यादमा । मेरो मम्मीले १६ बर्षमा मलाई जन्माउँदा र हुर्काउँदाको सास्ती नसम्झेको मैले जीवनको अन्तीम पलमा यो कुरा बुझ्न सकें तर, यो थाहा छ म जति धेरै बाच्ने छु मेरो जीवन त्यतीनै सकसमा बित्नेछ र यो सकस थाहा पाएको दिन मेरो बाबा मम्मीमा अर्को पिडा थपिनेछ । १
८ ,२० बर्षको उमेर जीवनको सबैभन्दा रंगीन दिन हुन्छ भन्ने सुनेको थिएं । मेरै उमेरका केटीहरु मनभरी सपना र अनुहार भरि खुशी बोकेर हिँडीरहेका छन् । यहि सहरको एउटा कोठामा २० बर्षकी केटी बिष खाएर आफैलाई मार्दैछे । समाप्त हुनु त्यो पनि जीन्दगीबाट असाध्यै नमिठो क्षण ।
१८ बर्ष सम्म मेरो लगि सबथोक गरिदिने आमाबुबा छोडें, अन्तरजातीय बिबाह गरेर समाजमा बाबाले कमाएको ईज्जत माटोमै मिलाईदिएं । आफ्नो स्वभाव, रहर, लवाईखवाई सबैलाई तपाँईको नाममा परिवर्तन गरेपछि म पुर्ण नौलो मान्छे भएको थिएं । जब साँझ पर्थो म यसरी तपाई कोठामा आउने बाटो हेर्थे जसरी एउटा सानो बच्चा आमालाई १ महिना नदेख्दा न्यास्रीन्छ ।
तर तपाई यसरी प्रवेश गर्नुहुन्थ्यो कोठामा मानौं तपाई भयानक भुकम्प हो, निर्मोहि आँधी हो र मेरो हैसियतलाई कठघरमा उभ्याएर दिप्तीलाई उचो देखाउने एउटा दिप्तीले खरिदेको वकील हो ।
एउटा केटीले तपाँईको लागि सबथोक छोडेकी थिई यदि तपाई बुझ्ने मान्छे भएको भए यो भन्दा ठुलो त्याग के हुन सक्थो म बाट । ४ बर्ष तपाईको अथाहा माया पाएर पनि दिप्तीले तपाईलाई आफ्नो बनाउन चाहिन ।तपाँईलाई आँखा चिम्लेर बिश्वास गर्न सकीन, अझ भनौं तपाईको गरिबी र रित्तोपनलाई अपनाउन चाहिन ।
सोचेको भए मेरो माया र बिश्वास दिप्तीको भन्दा कयौं गुणा माथि छ, जसको प्रमाण भेटेको २ महिनामा नै तपाई र मात्र तपाईको आकृती हेरेर मैले बिबाह गर्न सकें । म सँधै मौन मौन तपाँईको अतित र मलाई भनेको बचन सुनिरहें त्यो भन्दैमा मेरो मन रोएन भन्ने हो र ?जवकी १८ बर्ष सम्म मैले परिवारबाट आफु छोरी हुँ भन्ने सम्म महशुष गर्नु परेको थिएन ।
मेरो आँखा राम्रो भएर सुलोचना नाम राखिएको रें, यो सुन्दर आखाँ पनि कस्तो अभागी सपना र आँसु निरन्तर बगिरह्रयो ।
म अफिसबाट फर्कदाँ कैलेकाहीं तपाई सोध्नु हुन्थ्यो तिमी थाकेउ होला त्यतीबेला भन्न मन लाग्थ्यो म जीन्दीबाट थाक्दै गएको छु कुमार । तर कैलेहि भनिन, भनेर के हुन्थ्यो फेरी अर्को नमिठो शब्द सुन्न पर्थो ।
म मरेपछि मान्छेले भन्ने छ, कायर केटी, यो उमेरमा संर्घर्ष गरेर खान पनि सकीन्थो किन मर्नु पर्थो, या त हाम्रो बिग्रीएको सम्बन्ध कसैले थाहा पाए भने भन्नेछन् आफ्नो हकको लागि लड्नु पर्थो । तर म कुन हकको लागि लडुँ, मैले गरेको मायाको हिसाब किताव गरुं या जबरजस्ती तपाँईको जीवनमा अडिएर आफुलाई सौभाग्यवती भएको दावी गरु ? मेरो ठाउँमा अरु भएको भए म पनि मर्नु हुन्न भनेर सम्झाउँथे होला तर कसैलाई सम्झाउनु र आफु स्वमंले भोग्नुमा कति कती अन्तर रहेछ ।
एउटा निको नहुने रोग लागेको बिरामीमा बाँच्ने रहर कम र मर्ने रहर बढि हुन्छ । किनकी दर्द सहने उनै हुन्छ, पिडा सहने क्षमतालाई पराजीत गर्दो रहेछ निर्दयी रोगको जीवाणुले, जस्तोकी आज म हारें ।हजार पटक लड्नु र आफैं उठ्नु यो क्र्रम पनि त्यति बेला सम्म चल्दो रहेछ जब सम्म उ थाक्दैन ।
यो चिठी लेखीरहंदा असाध्यै शान्ति महशुष भएको छ । बिबाहको २ बर्ष सम्म ब्यक्त गर्न नसकेको कुरा आज तपाईलाई सुनाएं । यतिबेला प्रतिकारमा तपाईको शब्द र हात चल्न सकेको छैन, म एक्लै बोल्न पाएको छु ।
जाँदै गर्दा तपाई र दिप्तीलाई शुभकामना दिनु पर्ने हो तर शुभकामना त त्यो ब्यक्तीले दिएको लाग्छ जो शुभ काम गर्दै छ । जो आफैं पुर्ण छ त्यसलाई खाचों नै नहोला कसैको शुभकामनाको । यति हो माफी चाहन्छु २ बर्ष मेरो कारणले तपाईले भोग्नु परेको तनावको लागि ।
सुलोचना !!!
जति चिठ्ठी पढ्दै गए त्यति नै आफु अपराधी भएको भान भयो । ससुरालीले ठीकै भनेका हुन् मैले सुलोचनाको हत्या नै गरेको हुँ । भलै उसले आत्महत्या गरिहोला तर मर्नमा मजबुर त मैले गराएं । आफु जाँदै गर्दा पनि उसले मेरो नराम्रो देख्न चाहिन, चिठ्ठी लेखी तर सजीलै कसैले नभेट्ने ठाउँमा राखेर गै । सायद उ बाँच्न चाहन्थी र त अन्तीम अवस्थामा पनि बिबाहको कोटको खल्ती उसले मन बिसाएको चिठ्ठी राख्ने ठाउँ बन्यो । आज मेरो अपराधको सजाएं समयले दिएको छ । उसको मृत्युको राज बोकेको चिठ्ठी मैले जतन गरेर राखेको छु । मर्नु त म पर्ने हो तर सुलोचना जस्ती सच्चा केटीले सन्सार छोडी ।
साभार:सेतो परेवा
devkotasushma7@gmail.com
No comments:
Post a Comment