Friday, August 14, 2015

साप्ताहिक ब्लोअप : अञ्जना दास

उचाइ अनि सुन्दरताले उनलाई मोडलिङको रंगीन दुनियाँमा लाग्न मद्दत गरेको झट्ट देख्नेहरू उनलाई विदेशी मोडल भनेर पनि झुक्किन्छन् पोखरा, महतगौडाकी २१ वर्षीया अन्जना दासको बोली पनि विदेशीको जस्तै मिस पोखरा क्विन२०१५ की विजेता अन्जना जर्मनीमा बस्दै आएकी छिन् बिदा पारेर जन्मथलो आएकी अन्जनाले यसपालि सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएर उपाधि नै जितिन् फरासिली, अग्ली अनि सुन्दर मुहारकी यी सुन्दरीले प्रतियोगितामा मिस फोटोजेनिकको उपाधि पनि प्राप्त गरिन् जर्मन बाबु नेपाली आमाकी सन्तान अन्जना आफूलाई नेपाली भन्नमै गर्व गर्छिन् युरोप बसे पनि उनी समयसमयमा नेपाल आइरहन्छिन् जर्मनीमै म्यानेजमेन्टमा ब्याचलर अध्ययनरत अन्जनाको लक्ष्य भने सफल बिजनेस लेडी बन्नु हो


अन्जना आफ्नो भाषा बिसर्न हुँदैन भनेर उता पनि सकेसम्म नेपालीमै बोल्ने प्रयास गर्छिन् गीत गाउन, नृत्य गर्न घुम्न मन पराउने अन्जना फुर्सदको समय अंग्रेजी तथा नेपाली गीत सुनेर व्यतीत गर्छिन् नेपाल आएपछि उनले एउटा म्युजिक भिडियोमा अभिनयसमेत गरिन् अब दुई सातापछि फर्कंदैछु,’ अन्जनाले भनिन्, ‘उता गएर अध्ययनसँगै मोडलिङको अवसरलाई पनि सदुपयोग गर्नेछु सफलता प्राप्त गर्न मेहनत धैर्यता चाहिने कुरा बताउने अन्जनाले भविष्यमा मोडलिङमा पनि आफूलाई सबल बनाउने बताइन्



















No comments:

Post a Comment