Thursday, September 3, 2015

लाखेनाच संरक्षणका लागी स्याङ्गजा किचनासका स्थानिय सक्रिय

स्याङ्गजा, भदौ १८ 


स्याङ्गजाको किचनास ८ हट्टियामा परम्परागत रुपमा देखाउँदै आएको लाखेनाचको संरक्षणका लागि स्थानिय बासिन्दा सक्रिय भएका छन् । नेवार समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको लाखेनाचको संरक्षणका लागि त्यहाँका स्थनियको सक्रियतामा नागपञ्चमी, जनैपूर्णीमा, श्रीकृष्ण जन्मष्टमी, हरीतालिका तीज, ऋषीपञ्चमी जस्ता तिथी पारेर नाच देखाउने गरिएको छ ।
File Photo



हरेक बर्ष श्रावण शुक्ल पञ्चमी देखि भाद्र शुक्ल पूर्णिमाको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने प्रचलन अनुसार हट्टियामा यो नाचको रौनकता बढेको छ । श्रीकृष्ण जन्मष्टमीको दिन पनि नाच देखाउने तयारी भैरहेको स्थानिय प्रेम मानन्धरले जानकारी दिए । गत साउन ५ गते नागपञ्चमी देखि सुरु भएको नाचअन्तर्गत लाखे नाच, झुमानाच लगायतका नाच दखाउन थालेपछि हट्टियामा यसको सांस्कृतिक रमझम बढेको हो । जनप्रिय क्लबको आयोजनामा परम्परागत लाखेनाच संरक्षणका लागि स्थानियको सक्रियतामा लाखेनाच देखाउन थालिएको क्लबको सल्लाहकार सदस्य युवराज मानन्धरले जानकारी दिए ।

No comments:

Post a Comment