
। सालडाँडा गाउँको प्रचार प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने तथा यस क्षेत्रमा रहेका विभिन्न प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको प्रवद्र्धन गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नेको लागि उत्सव आयोजना गरिएको क्लबका उपाध्यक्ष दिपेन्द्र मानन्धरले जानकारी दिनुभयो ।

कार्यक्रमको मुख्य आकर्षणमा मौलिक नृत्य प्रस्तुती, स्रष्टा तथा विशिष्ट व्यक्तित्व सम्मान, एसएलसी तथा १०+२ उर्तिण बिद्यार्थीलाई सम्मान रहेका छन् । त्यसैगरि चर्चित कलाकारहरुको प्रस्तुती, साँस्कृतिक तथा साँगितिक कार्यक्रम उत्सवका आकर्षणको रुपमा रहेका छन् । त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरु सुरज आचार्य, नानी लामा, आशा सारु मगर लगायतको विशेष प्रस्तुती उत्सवमा रहने स्थानिय समाजसेवी सुरज मानन्धरले जानकारी दिनुभयो । कार्यक्रमको मुख्य प्रायोजकमा ब्लू स्काई ईन्टरनेसनल प्रा.लि काठमण्डौं रहेको छ भने अनलाईन पार्टनरमा नेपाली फिल्मी डटकम र एनपी न्यूज ट्वान्टी फोर रहेका छन ।
No comments:
Post a Comment