Sunday, November 22, 2015

रोकिदैन ‘तितो सत्य’, आउनेछ अर्कै टीभीबाट

tito satya (1)

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित हाँस्य  सिरियल ‘तितो सत्य’ ६ सय भाग प्रशारण भएपछि रोकियो । ‘तितो सत्य’ रोकिएपछि नेपालमा हाँस्य सिरियलको भविष्यमाथि नै खतरा बढेको  टिप्पणी पनि भयो ।


नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका हाँस्य  सिरियलको भविष्यमाथि अहिले प्रश्न चिन्ह राम्रैसँग खडा भएको छ । ‘जिरे खुुर्सानी, मेरी बास्सै’ जस्ता सिरियल पनि पुरानै भाग दोहोर्‍याइएको छ । ‘भद्रगोल’ नामक हाँस्य सिरियलमात्र नयाँ भाग सहित प्रशारण भैरहेको छ ।

तर, ‘तितो सत्य’ नेपाल टेलिभिजनबाट बन्द भएपनि अर्को कुनै टेलिभिजिनबाट प्रशारण हुनेछ । यो कुराको खुलासा कलाकार निर्मल शर्माले गरेका हुन् । केही महिनामै यो चर्चित सिरियललाई यही नाममा अर्को कुनै चर्चित टेलिभिजनबाट प्रशारण गर्ने तयारी भएको निर्मलको भनाई छ ।

‘तितो सत्य’ प्रशारण बन्द भयो, अब तपाइको ‘गैडा’ उपनाम पनि हराउँछ होला होइन भन्ने प्रश्नमा उनले भने-‘सिरियल बन्द भएको छैन । अब, यो अर्को कुनै टेलिभिजनबाट प्रशारण हुन्छ ।’ तर, कुन टेलिभिजनबाट कहिलेबाट यसको प्रशारण सुरु हुन्छ भन्ने खुलाइएको छैन ।

No comments:

Post a Comment