मुम्बई । अभिनेता अक्षय कुमारले आफ्नो प्रदर्शोन्मुख फिल्म ‘एयरलिफ्ट’ को पहिलो पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्र सन १९९०/१९९१ मा इराक-कुवेत युद्धमाथि आधारित छ ।
फिल्मको निर्देशक रहेका छन् राजा कृष्ण मेनन् । यस फिल्ममा ‘लञ्च बक्स’की सुन्दरी नम्रता कौरले पनि अभिनय गरेकी छिन् । पोष्टरमा विमान उड्न लागेको देखिएको छ भने लादेनले चुरोटको धुवाँ उडाएको देखिन्छ ।
जहाँ लेखिएको छ १७ हजार शरणार्थी, ४८८ विमान, ५९ दिन, एक आदमी । अक्षयले पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज हुने मितिको वारेमा समेत जानकारी दिएका छन् ।
No comments:
Post a Comment