Thursday, November 19, 2015

ऋचाको रुप कसरी यस्तो भयो ?

richa-sharma

नेपाली कथानक चलचित्र ‘को आफ्नो’ को टिजर रिलिज भएसंगै अभिनेत्री ऋचा शर्माको लुक्सको वारेमा चर्चा सुरु भएको छ । ‘क्युट गर्ल’ भनेर चिनिने ऋचालाई यस चलचित्रमा एउटी दुःखी आमाको स्वरुपमा देखाएको छ । आफ्नो बच्चा हराएपछि पिडामा रहेकी आमाको भुमिका निर्वाह गरेकी छिन् उनले ।


अलिन थापा निर्देशित उक्त चलचित्रको पोष्ट प्रोडक्सन हलिउडमा गरिएको छ । सामाजिक कथामा बनेको यो चलचित्रमा नेपालको पश्चिम पहाडको परिवेशमा देखाउने प्रयाश निर्देशक थापाले गरेका छन् ।

अमेरिकाको बेबर्ली हिल्समा आउदो ५ तारिकमा यस चलचित्रको विषेश प्रदर्शन हुने भएको छ । ऋचा लगायतका कलाकार उक्त कार्यक्रममा सहभागी हुने भएका छन् ।

अभिनयमा विविधता दिन सिपालु ऋचा रंगमञ्चवाट आएकी कलाकार हुन् । छिरिङ रितार निर्देशित ‘उमा’ मा माओवादी छापामार युवतिको चरित्र निर्वाह गरेकी ऋचाले ‘टलकजंग भर्सेज टुल्के’ मा थारु युवति फूलीको भुमिका निर्वाह गरेकी थिईन् ।

राजन खतिवडा, सुवास थापा, शान्ति गिरी, मेनुका प्रधान, सुदाम सिके लगायतका कलाकारको अभिनय रहेको यस फिल्ममा ऋचा र सुशांक मैनाली श्रीमान श्रीमतिको भुमिकामा छन् ।


No comments:

Post a Comment