२०६६ साल बैशाख १ गतेदेखी फरार अभियुक्त स्याङ्जा ओरष्टे ५ का २७ वर्षिय दिपेन गुरुङलाई पक्रेको छ । ओमन जाने क्रममा गुरुङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो ।
धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न अन्य १३ जना अभियुक्त अझै फरार छन् । उनिहरुले स्थानीय युवा क्लबले गरेको सास्कृतिक कार्यक्रममा खुकुरी, छुरी, रड, भाला र लाठीले आक्रमण गर्दा कोल्मावराहचौर ६, बस्ने २० वर्षका सुरज गुरुङको घटनास्थलमा ज्यान गएको थियो ।
८ वर्ष अगाडी ओरष्टे २, मड्किनामा भएको सास्कृतिक कार्यक्रममा घटना घटेको र त्यस घटनामा अन्य ६ जना घाईते भएको प्रहरीको भनाई छ । पक्राउ गुरुङलाई स्याङ्जा झिकाएर अनुसन्धान थालिएको छ । फरार १३ जनाको भने खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक रणबहादुर चन्दले बताउनुभयो ।
No comments:
Post a Comment