Thursday, April 23, 2015

साथ दिन्छु भनि झुटो कसम खायौ किन ? (गजल)

साथ दिन्छु भनि झुटो कसम खायौ किन ? मेरो माया टुक्राएर अन्तै माया लाएउ किन ?

आशाहरु मरी सक्दा बिउताउने तिमी, उजाडिएको जीवनमा, क्षणीक बाहार छायौ किन ! 

सम्झनाले रुवायो, आशुमा डुबायो,
निस्ठुरी त्यो मनले, बिन्ति गरि साथ माग्यौ किन !

तिमी त गयौ, छाडी एक्लै पारी मलाई,
छेउ आइ भुलाएउ, भुलाएरै आखिर छाड्यौ किन ?

साथ दिन्छु भनि झुटो कसम खायौ किन ? मेरो माया टुक्राएर अन्तै माया लाएउ किन ? 
आशाहरु मरी सक्दा बिउताउने तिमी, उजाडिएको जीवनमा, क्षणीक बाहार छायौ किन !

No comments:

Post a Comment