जिवन त सिंगो जिउदो इतिहाँस (कतै लेखिएका, कतै लेख्न बाँकी रहेका) हो,
भने मैले यहाँ !
तिम्रा आफ्नै कथा /उपकथाहरू होलान्, मेरा आफ्नै !
देखिएका त देखिन्छन, नदेखिएका उपकथाहरू लुप्त भै बस्छन,
देख्दैनौ तिमि
सबै मेरा उपकथाहरू, सिवाय २/४ ओटा !
म पनि तेस्तै !
भन्छौ कति सजिलै,
"तिम्रो जीवन कति सुन्दर छ है ? !"
तिमीले देख्ने सुन्दरताले छोपिएको कुरूप मेरो जीवन
म बाहेक कसले देख्छ र यहाँ !?

जुन कसैले देक्ख्दैन , म बाहेक !
खण्डहर भै बसेका मेरा ति अतितले जिस्काउछ
"तिमीले कोरेको बाटोहरु समयले कुल्चियो !
अब कहिले फेरी कोरेर हिडछौ ?"
साच्चै जीवनका बाटाहरु कोर्न नपाउदैं
कति चाडै मेटिदा अनि मेटाईदा रैछन !
कल्पनाका तरेलीहरुमा तरंगीत हुन्छन
कि जीवन पनि कतै
"लेखिदै मेटिन' अनि "मेटिदै लेख्न " मिल्ने भए
पजल भै बसेका परिस्थितिहरुलाई
मेट्दै लेख्दै सहज बनाउने थिएँ !
तर वास्तविकता,
"काल्पनिक कुराहरु कल्पना मै समित हुन्छन !"
उपकथाहरु थपिदै जादाँ
रंगिन जीवन भन्दा पनि स्यामश्वेत भै
धेरै बस्दा रैछन, जो कहिलै परिबर्तन हुदैनन् !
सायद, जीवन र जिउनुको सत्य पनि लुकेको हुदों हो
तिनै स्यामश्वेत बिगत र वर्तमानमा !
अनि,
जीवनको खालि स्पेसहरुलाई पनि
तिनै "उपकथाहरु"ले पूर्णाता दिदाँ हुन् !
जो कसैले देख्दैनन, लुप्त भै बसेका !
तिमी आफ्नै उपकथामा माग्न छौ
म आफ्नै !
"उपकथा बिनाको कथा सायदै पुरा होला ?!"
भनि मन बुझाउदै,
एक्लै जिउनु छ यहाँ !
(कास, ति उपकथाहरु पनि तिमीले देख्न सक्ने भए ...........?!)
No comments:
Post a Comment