Monday, March 14, 2016

देशभरका नगरपालिकाहरु मध्ये स्याङ्जाको वालिङ नगरपालिका उत्कृष्ट


देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ट कार्य गरेको भन्दै स्याङ्जाको वालिङ नगरपालिका पुरस्कृत भएको छ । नेपाल नगरपालिका सङ्घको २३औँ स्थापना दिवसको अवसरमा देशभरका २१७ वटा नगरपालिकामध्ये वालिङ नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको हो ।


उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ नगरपालिकालाई नेपाल नगरपालिका सङ्घले उत्कृष्ट घोषणा गरेको कार्यकारी अधिकृत सुरथ पोख्रेलले बताउनुभयो ।

उत्कृष्ट भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपलिकाका प्रमुख सुरथ पोख्रेललाई नगरपालिकाले गरेको कामको उच्च मूल्याङ्कन गर्दै हिजो काठमाडौँमा सम्मानपत्र सहित नगद १ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

No comments:

Post a Comment