Saturday, March 5, 2016

कबड्डी कबड्डी युट्युबमा अपलोड भएपछि निर्माण युनिट तनाबमा

Kabaddi

सिरियल हिट फिल्म “कबड्डी कबड्डी” युट्युबमा सार्बजनिक भएको छ।   बर्ष २०७२ को हिटफिल्मको संज्ञा पाएको फिल्म “कबड्डी कबड्डी” अझै पनि बिदेशका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको यो समयमा एकाएक फिल्म युट्युबमा भाइरल हुदा निर्माण युनिट तनाबमा परेका छन्।

  फिल्म कसरी सार्बजनिक भयो भन्ने मेरो फिल्मीको जिज्ञासामा निर्देशक रामबाबु गुरुङले भने “२ वटा फेक अकाउण्ट प्रयोग गरि फिल्म सार्बजनिक भएको रहेछ।   २००० जतीले हेरिसकेको र अहिले हटाइसकेको छौ।  छानबिन जारि रहेको छ। “
निर्देशक गुरुङले फिल्म युट्युबबाट हटी सकेको बताए पनि आइतबार बिहान सम्म थुप्रै पर्सनल अकाउण्टहरुमा फिल्म रहेको मेरो फिल्मीले पत्ता लगाएको छ। यस अघि चलचित्र “झोला” पनि यसरीनै युट्युबमा भाइरल बनेको थियो।
दयाह्यांग राइ, रिश्मा गुरुङ, सौगात मल्ल, बुद्धि तामांग विजय बराल लगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्म “कबड्डी कबड्डी” लाइ रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

भिडियो

No comments:

Post a Comment