Sunday, April 17, 2016

८ वर्ष अगाडी फरार अभियुक्त दिपेन गुरुङ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

२०६६ साल बैशाख १ गतेदेखी फरार अभियुक्त स्याङ्जा ओरष्टे ५ का २७ वर्षिय दिपेन गुरुङलाई पक्रेको छ । ओमन जाने क्रममा गुरुङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो ।

Thursday, April 14, 2016

वडा स्तरिय भलिबलको उपाधी आयोजक “ए”लाई


स्याङ्जा २, बैशाख ।
स्याङ्जाको किचनास –९ सालडाँडामा रहेको मन्दिरचोक युवा क्लबद्वारा आयोजित प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक “ए”ले जितेको छ ।

Thursday, March 17, 2016

गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” अब बजारमा

File Photo
विगत केही सयम देखि लोक साँगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” बजारमा आएको छ । जन्म दिने आमा प्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको गित अघिल्ला केही गीतको अपार सफलता पछि यो गीत बजारमा आएको छ । “दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख बिचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ” कलाकार आचार्यले जानकारी दिए ।

Monday, March 14, 2016

देशभरका नगरपालिकाहरु मध्ये स्याङ्जाको वालिङ नगरपालिका उत्कृष्ट


देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ट कार्य गरेको भन्दै स्याङ्जाको वालिङ नगरपालिका पुरस्कृत भएको छ । नेपाल नगरपालिका सङ्घको २३औँ स्थापना दिवसको अवसरमा देशभरका २१७ वटा नगरपालिकामध्ये वालिङ नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको हो ।

Saturday, March 5, 2016

कबड्डी कबड्डी युट्युबमा अपलोड भएपछि निर्माण युनिट तनाबमा

Kabaddi

सिरियल हिट फिल्म “कबड्डी कबड्डी” युट्युबमा सार्बजनिक भएको छ।   बर्ष २०७२ को हिटफिल्मको संज्ञा पाएको फिल्म “कबड्डी कबड्डी” अझै पनि बिदेशका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको यो समयमा एकाएक फिल्म युट्युबमा भाइरल हुदा निर्माण युनिट तनाबमा परेका छन्।

स्याङ्गजामा हुने शिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा

स्याङ्गजा, फागुन २२ ।

स्याङ्गजा किचनास –८ को जनप्रिय यूवा क्लबले आयोजनामा हने शिवरात्री मेलाकोे सम्पुर्ण तयारी पुरा भएको छ । शिवरात्रीको अवसरमा शिव मन्दिरमा हुने पुजाआजा लगाएत अन्य धार्मिक गतिविधि र सास्कृतिक कार्यक्रमलाई ब्यवस्थित बनाउने काम पुरा भएको क्लबका भू.पू सहसचिव युवराज मानन्धरले जानकारी दिए ।

Friday, March 4, 2016

एसएलसीको तयारी पूरा, परीक्षामा ६ लाख विद्यार्थी सहभागि हुने

यसवर्षको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताउनुभयो ।
File Photo

जनक शिक्षा सामाग्री केन्द्रमा गोप्य रुपमा एसएलसीको प्रश्न पत्र छपाई समेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्र समेत सबै जिल्लामा पठाएको बताउनुभयो ।

लोकदोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल लोकदोरी गायक सुरज काठमाडौ सडकमा गित गाउदै भिख माग्दै

12705623_1035591156533572_9133015003599766830_n

आईतबार दिउसोको भृकुटीमण्डप परिसरको दृश्यले एक पटक सबैलाई चकित पारेको छ । सबै जना आआफ्नो गन्तव्यमा पुग्न हतारिदै थिए । कोहि छेउमै १०० को ३ जोर भन्दै व्यापार गर्नमै ब्यस्त । केहीबेरमा छेउमै आमाको मायाको भावलाई झल्काउने गीत गुञ्जिन थाल्यो ।

Saturday, February 13, 2016

स्याङ्गजाको किचनास–९ सालडाँडामा वडास्तरिय हाजिरीजवाफ प्रतिगोगिता सम्मपन्न


स्याङ्गजाको किचनास–९ सालडाँडामा वडास्तरिय हाजिरीजवाफ प्रतिगोगिता भएको छ । श्रीपञ्चमीको अवसर पारेर स्थानिय मन्दिरचोक युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।

Sunday, February 7, 2016

नेहा हत्या आरोपित पक्रउ

सतीश र नेहा लेकसाइड हुँदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्र्पकको प्रस्ताव गरे । नेहा मानिनन् । उनले जबरजस्ती गर्न खोजे । नेहाले सतीशलाइ गाली गरिन् । ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे ।


नायीका नेहा पुनको हत्यामा संलग्नलाइ पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ। प्रहरी स्रोत का आनुसार न्युरोडका सतीश खड्गी नेहा हत्या अभियोगमा पक्राउ परेका हुन् । सतीशले नेहाको हत्या गरेको स्वीकार प्रहरी सँग गरेका छन् । सतीशले १८ गते राती नेहाको हत्या गरेको बयानका क्रममा स्वीकारेका छन् । त्यस रात नेहा काम सकेर सतीशसँगै मोटरसाइकलमा घर फर्केकी थिइन् ।
स्रोतका अनुसार, उनीहरु लेकसाइड हुदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्पर्कको प्रस्ताव गरे । नेहाले मानिनन् पछि उन्ले जवजस्ती गर्न खोजे त्यसपछि नेहाले सतीशलाइ गाली गरीन् । ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चुर सतीशले ३ ÷ ४ पटक टोकोमा हेल्मेटले हानेछि नेहा त्यहीँ ढलिन् । सतीशले नेहालाइ त्यहि छाडेर भागे ।

Saturday, February 6, 2016

स्याङ्गजामा आँखा शिविर सम्पन्न, ३५० जना लाभान्वित

स्याङ्गजा, २३ माघ ।
स्याङ्गजाको किचनास ९ सालडाँडामा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट ३५० जना लाभान्वित भएका छन् । लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजले स्थानीय मन्दिरचोक युवा क्लब सँगको सहकार्यमा स्याङ्गजाको किचनास ९ सालडाँडाको भोज प्रकाश उच्च मा.विको खेल मैदानमा शिविर आयोजना गरेको थियो ।

Wednesday, February 3, 2016

नेहा पुनको हत्या अनुसन्धानका लागि टोली गठन गरि अनुसन्धान जारी

पोखरा १५ नयाँ गाउँ बस्ने नेहा पुनको हत्या सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गर्न टोली गठन गरेको छ । डिएसपी गजुसिद्धि बज्राचर्यको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरेको हो । घटनाका बारेमा टेलीले अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताउनुभयो । हिजो उनका नजिकका केहि व्यक्तिहरुलाई घटनाबारे सोधपुछ गरिएको छ । घटना मगंलबार विहान भएको हो ।
File Photo

Tuesday, January 19, 2016

१४ औ संस्करणको आहा रारा गोल्ड कप २०७२ पोखरा रंगशालामा शुरु

१४ औ संस्करणको आहा रारा गोल्ड कप २०७२ हिजोदेखि पोखरा रंगशालामा शुरु भएको छ । हिजोको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले नवजन जागृती क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गरी क्वाटरफाईनल प्रबेश गरेको छ । खेलको छैटौ मिनेटमा विदेशी खेलाडि एल्भिसको गोलबाट अग्रता लिएको सहाराको लागि ५२ औं मिनेटमा विदेशी खेलाडि जि मार्टियलले गोल थपे । खेलको ८३ औं मिनेटमा कमल थापाले सहाराको लागि तेस्रो गोल गरी टोली लाईअग्रता दिलाएका थिए । यो सँगै सहारा क्लबले अघिल्लो बर्षको उद्घाटन खेलमा ब्यहोरेको हारको वदला लिएको छ । हिजोको विजेता सहारा क्लबले १३ औं आहा रारा गोल्डकपको उद्घाटनमा सिमरासँग टाईब्रेकरमा ४—३ को पराजय ब्यहोरेको थियो । सहाराले अब माघ ९ गते अन्तिम चार स्थानका लागि युनाईटेड सिक्किम एफसि भारतको सामना गर्नेछ ।

Saturday, January 9, 2016

समीक्षाः २ करोड खर्चमा पनि सफा नभएको बागमती

Bagmati-nepali-movie
नेपाल पहिलेको जस्तो नेपाल रहेन, तर राजेश उही राजेश हो । जब, लामो समयपछि पर्दामा यही संवाद बोल्दै नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल स्क्रिनमा देखिन्छन्, परर ताली नबजाउने कोही पनि हुँदैनन् ।

राजेश हमाललाई लामो समयपछि पर्दामा देखेका दर्शकलाई उनीप्रतीको प्रेम र क्रेज अझ बढेर जान्छ । तर, के करिब १ घन्टा ३८ मिनेट लामो चलचित्र बागमतीले हमालको यो क्रेज बचाइराख्छ त, आउनुहोस् समिक्षा गरौं ।

Tuesday, January 5, 2016

पेरियोडिक टेबलमा चार नयाँ तत्व थपिए


पुस २१ – पेरियोडिक टेबलमा चार नयाँ तत्व थपिएका छन् । रसायनशास्त्रसँग सम्बन्धित अनुसन्धानको निरीक्षण गर्ने संस्था इन्टरनेशनल युनियन अफ प्योर एण्ड अप्लाइड केमेस्ट्रीले पेरियोडिक टेबलमा चार नयाँ तत्व थप्न स्वीकृती लिएको हो ।

Tuesday, December 29, 2015

भू.पू बिद्यार्थीद्धारा ९० हजारको अक्षयकोष स्थापना

File Photo

स्याङ्गजा, १५ पुस ।
स्याङ्गजाको किचनास –९ सालडाँडामा रहेको श्री भोज प्रकाश उच्च मा.बिमा भू.पू बिद्यार्थीहरुले ९० हजारको अक्षयकोष स्थापना गरेको छ । बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रवृत्ती बितरण गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । बिद्यालयबाट २०६५ सालमा एस.एल.सी दिएका भू.पू बिद्यार्थीहरु बाट सहयोग संकलन गरेर ९० हजारको अक्षयकोष स्थापना गरिएको बिद्यालयका भू.पू बिद्यार्थी अनिल क्षेत्रीले जानकारी दिए ।

Wednesday, December 23, 2015

‘पोर्नस्टार’ बिन्दु परियारले श्रीमान विरुद्धको मुद्दा जितिन्

७२ करोड क्षतिपूर्ति भराउन अदालतको आदेश

Bindu-Pariyar
नेपाली पोर्नस्टारका रुपमा चर्चित बिन्दु परियारले आफ्नो श्रीमानमाथि हालेको मुद्दा जितेकी छन् । र, उनले ७२ लाख डलर (७२ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएकी छन् ।

Wednesday, December 16, 2015

Ritika Gurung


श्रीमान्लाई निकै आनन्द हुन्छ



डा. राजेन्द्र भद्रा


म २२ वर्षीया विवाहित युवती हुँ । मेरो विवाह भएको १ महिना भयो । यौनसम्पर्क गर्न त मन लाग्छ तर आनन्द आउँदैन । मेरो श्रीमान्लाई चाहिँ निकै आनन्द महसुस हुन्छ । विवाहपूर्व म हस्तमैथुन गर्थें जसबाट मलाई केही सेकेन्ड आनन्द अनुभव हुन्थ्यो तर मलाई यौनसम्पर्क गर्दा आनन्द महसुस हुँदैन । यौनसम्पर्क गरेपछि भोलिपल्ट योनि पोल्छ । के कारणले यस्तो भएको हो ?

लगानी उठाइसक्यो ‘दिलवाले’ले, यस्ता छन् १४ रोचक जानकारी

dilwale-steel-1
साहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले’को रिलिज मिति नजिकिदै गर्दा चलचित्रका वारेमा रोचक तथ्य सार्वजनिक हुन थालेको छ ।