२७ कात्तिक, काठमाडौं । नेयमारको दुई गोलको मदतमा ब्राजिलले मैत्रिपूर्ण फुटबलमा टर्कीलाई पराजित गरेको छ ।बुधबार राति भएको खेलमा ब्राजिलले टर्कीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । विश्वकपछि ब्राजिलले खेलेको सबै खेल जितेको छ ।
इस्तानबुलमा भएको खेलमा ब्राजिलले २० औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । मिडफिल्डर फर्नान्डिन्होले करिव ४० याड टाढाबाट दिएको लामो पास नियन्त्रण लिएर नेयमारले बक्सको मध्यभागबाट प्रहार गरेका थिए ।
२४ औं मिनेटमा टर्कीका डिफेण्डर कायाले आत्मघाती गोल गरे । ४४ औं मिनेटमा विलियनले गोल गर्दै पहिलो हाफमा ब्राजिललाई ३–० को अग्रता दिलाए ।
६० औं मिनेटमा विलियनसँगको वान टु वान पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरे ।
No comments:
Post a Comment