२०६६ साल बैशाख १ गतेदेखी फरार अभियुक्त स्याङ्जा ओरष्टे ५ का २७ वर्षिय दिपेन गुरुङलाई पक्रेको छ । ओमन जाने क्रममा गुरुङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो ।
यहाँ तपाईंहरुले आफ्ना खुशीका पलहरु, लेख रचनाहरु साहित्त्यिक गतिबिधिहरु आफ्ना जीवन यात्राका तस्बिरहरु, धर्म सस्कृति चाड पर्व मेलाका घटना तथा विवरणहरु समाबेश गर्न सक्नुहुने छ।
Labels
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts
Sunday, April 17, 2016
Thursday, April 14, 2016
वडा स्तरिय भलिबलको उपाधी आयोजक “ए”लाई
स्याङ्जा २, बैशाख ।
स्याङ्जाको किचनास –९ सालडाँडामा रहेको मन्दिरचोक युवा क्लबद्वारा आयोजित प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक “ए”ले जितेको छ ।
Monday, March 14, 2016
देशभरका नगरपालिकाहरु मध्ये स्याङ्जाको वालिङ नगरपालिका उत्कृष्ट
देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ट कार्य गरेको भन्दै स्याङ्जाको वालिङ नगरपालिका पुरस्कृत भएको छ । नेपाल नगरपालिका सङ्घको २३औँ स्थापना दिवसको अवसरमा देशभरका २१७ वटा नगरपालिकामध्ये वालिङ नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको हो ।
Saturday, March 5, 2016
स्याङ्गजामा हुने शिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा
स्याङ्गजा, फागुन २२ ।

स्याङ्गजा किचनास –८ को जनप्रिय यूवा क्लबले आयोजनामा हने शिवरात्री मेलाकोे सम्पुर्ण तयारी पुरा भएको छ । शिवरात्रीको अवसरमा शिव मन्दिरमा हुने पुजाआजा लगाएत अन्य धार्मिक गतिविधि र सास्कृतिक कार्यक्रमलाई ब्यवस्थित बनाउने काम पुरा भएको क्लबका भू.पू सहसचिव युवराज मानन्धरले जानकारी दिए ।

Friday, March 4, 2016
एसएलसीको तयारी पूरा, परीक्षामा ६ लाख विद्यार्थी सहभागि हुने
यसवर्षको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताउनुभयो ।
जनक शिक्षा सामाग्री केन्द्रमा गोप्य रुपमा एसएलसीको प्रश्न पत्र छपाई समेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्र समेत सबै जिल्लामा पठाएको बताउनुभयो ।
![]() |
File Photo |
जनक शिक्षा सामाग्री केन्द्रमा गोप्य रुपमा एसएलसीको प्रश्न पत्र छपाई समेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्र समेत सबै जिल्लामा पठाएको बताउनुभयो ।
Saturday, February 13, 2016
स्याङ्गजाको किचनास–९ सालडाँडामा वडास्तरिय हाजिरीजवाफ प्रतिगोगिता सम्मपन्न
स्याङ्गजाको किचनास–९ सालडाँडामा वडास्तरिय हाजिरीजवाफ प्रतिगोगिता भएको छ । श्रीपञ्चमीको अवसर पारेर स्थानिय मन्दिरचोक युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।
Sunday, February 7, 2016
नेहा हत्या आरोपित पक्रउ
सतीश र नेहा लेकसाइड हुँदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्र्पकको प्रस्ताव गरे । नेहा मानिनन् । उनले जबरजस्ती गर्न खोजे । नेहाले सतीशलाइ गाली गरिन् । ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे ।
नायीका नेहा पुनको हत्यामा संलग्नलाइ पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ। प्रहरी स्रोत का आनुसार न्युरोडका सतीश खड्गी नेहा हत्या अभियोगमा पक्राउ परेका हुन् । सतीशले नेहाको हत्या गरेको स्वीकार प्रहरी सँग गरेका छन् । सतीशले १८ गते राती नेहाको हत्या गरेको बयानका क्रममा स्वीकारेका छन् । त्यस रात नेहा काम सकेर सतीशसँगै मोटरसाइकलमा घर फर्केकी थिइन् ।
स्रोतका अनुसार, उनीहरु लेकसाइड हुदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्पर्कको प्रस्ताव गरे । नेहाले मानिनन् पछि उन्ले जवजस्ती गर्न खोजे त्यसपछि नेहाले सतीशलाइ गाली गरीन् । ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चुर सतीशले ३ ÷ ४ पटक टोकोमा हेल्मेटले हानेछि नेहा त्यहीँ ढलिन् । सतीशले नेहालाइ त्यहि छाडेर भागे ।

Saturday, February 6, 2016
स्याङ्गजामा आँखा शिविर सम्पन्न, ३५० जना लाभान्वित
स्याङ्गजा, २३ माघ ।
स्याङ्गजाको किचनास ९ सालडाँडामा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट ३५० जना लाभान्वित भएका छन् । लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजले स्थानीय मन्दिरचोक युवा क्लब सँगको सहकार्यमा स्याङ्गजाको किचनास ९ सालडाँडाको भोज प्रकाश उच्च मा.विको खेल मैदानमा शिविर आयोजना गरेको थियो ।

Wednesday, February 3, 2016
नेहा पुनको हत्या अनुसन्धानका लागि टोली गठन गरि अनुसन्धान जारी
पोखरा १५ नयाँ गाउँ बस्ने नेहा पुनको हत्या सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गर्न टोली गठन गरेको छ । डिएसपी गजुसिद्धि बज्राचर्यको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरेको हो । घटनाका बारेमा टेलीले अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताउनुभयो । हिजो उनका नजिकका केहि व्यक्तिहरुलाई घटनाबारे सोधपुछ गरिएको छ । घटना मगंलबार विहान भएको हो ।
![]() |
File Photo |
Saturday, January 9, 2016
समीक्षाः २ करोड खर्चमा पनि सफा नभएको बागमती
नेपाल पहिलेको जस्तो नेपाल रहेन, तर राजेश उही राजेश हो । जब, लामो समयपछि पर्दामा यही संवाद बोल्दै नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल स्क्रिनमा देखिन्छन्, परर ताली नबजाउने कोही पनि हुँदैनन् ।
राजेश हमाललाई लामो समयपछि पर्दामा देखेका दर्शकलाई उनीप्रतीको प्रेम र क्रेज अझ बढेर जान्छ । तर, के करिब १ घन्टा ३८ मिनेट लामो चलचित्र बागमतीले हमालको यो क्रेज बचाइराख्छ त, आउनुहोस् समिक्षा गरौं ।
Tuesday, January 5, 2016
पेरियोडिक टेबलमा चार नयाँ तत्व थपिए
पुस २१ – पेरियोडिक टेबलमा चार नयाँ तत्व थपिएका छन् । रसायनशास्त्रसँग सम्बन्धित अनुसन्धानको निरीक्षण गर्ने संस्था इन्टरनेशनल युनियन अफ प्योर एण्ड अप्लाइड केमेस्ट्रीले पेरियोडिक टेबलमा चार नयाँ तत्व थप्न स्वीकृती लिएको हो ।
Tuesday, December 29, 2015
भू.पू बिद्यार्थीद्धारा ९० हजारको अक्षयकोष स्थापना
File Photo |
स्याङ्गजा, १५ पुस ।
स्याङ्गजाको किचनास –९ सालडाँडामा रहेको श्री भोज प्रकाश उच्च मा.बिमा भू.पू बिद्यार्थीहरुले ९० हजारको अक्षयकोष स्थापना गरेको छ । बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रवृत्ती बितरण गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । बिद्यालयबाट २०६५ सालमा एस.एल.सी दिएका भू.पू बिद्यार्थीहरु बाट सहयोग संकलन गरेर ९० हजारको अक्षयकोष स्थापना गरिएको बिद्यालयका भू.पू बिद्यार्थी अनिल क्षेत्रीले जानकारी दिए ।
Wednesday, December 16, 2015
एसएलसी परीक्षा चैत १८ देखि
१ पुस, भक्तपुर । तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक दुई हप्ता पछि सरेको छ ।परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो ।
Saturday, November 21, 2015
भाटभटेनी सुपर मार्केटको ठगि धन्दा! तपाई पनि यसऱी ठगिनु होला । भिडियो हेर्नुहोस्
भाटभटेनी सुपर मार्केटले सर्बसाधारणहरुलाई झुकाएर ठग्ने गरेको खुलाशा भएको छ। आफि ठगिएको थाहा पाए पछि ठगिएकाहरुले मोबाईल भिडियो धमाधम सामाजिक संजालमा पोस्ट गर्न थालेका छन्।
भिडियो हेर्नुहोस् यसरि झुक्काएर ठग्छ भाटभटेनी सुपरमार्केटले तपाइलाई :
भिडियो हेर्नुहोस् यसरि झुक्काएर ठग्छ भाटभटेनी सुपरमार्केटले तपाइलाई :
Sunday, November 8, 2015
राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न गृहमन्त्रालयको आग्रह
देउसी भैलो खेलेको फाइल तस्वीर |
२३ कात्तिक, । गृह मन्त्रालयले तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न सबैमा अनुरोध गरेको छ ।
पशुपक्षी एवम् भ्रातृ र भगिनी प्रेमको पर्व यमपञ्चक सुरु
पशुपक्षी एवम् भ्रातृ र भगिनी प्रेमको अपूर्व संयोग बनेको नेपालीको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।
तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक कृष्ण चतुर्दशीका दिन मङ्गलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३६, र म्हः(आत्म) पूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन शुक्रबार भाइटीका लगाई तिहारको समापन गरिन्छ ।

Thursday, November 5, 2015
नेपाल टेलिकमको नयाँ न्युजलेटर प्रकाशित भएकोबारे सुचना
नेपाल टेलिकमको नयाँ न्युजलेटर प्रकाशित भएको छ । उक्त न्युजलेटरमा निम्न विषय समेटिएका छन् :
- मोबाइलमा डाटा प्याकेज
- ७१ जिल्लामा 3G सेवाको पहुँच
- FTTH को CPE मा Promotional Offer
- मनाङको अति दुर्गम गाविसमा जिएसएम मोबाइल
- कतारबाट नेपालमा सस्तो कल
- नेफ्टा अवार्ड’ प्रायोजन
- चाडपर्वमा विशेष छुट तथा अफर
- अब NT Recharge का लागि १४१२
- उपभोक्ताको जिज्ञासा
- WiFi Hotspots सेवा थप विस्तार
- भ्वाइस र डाटा सेवामा कम्पनीको अग्रता
- पिएसटिएन टेलिफोनको महसुल भुक्तानी गर्ने विधि आदि

नेपाल टेलिकमका विभिन्न सेवाहरुका वारेमा जानकारी लिनका लागि यसको अध्ययन गर्न सकिन्छ । न्युजलेटर कम्पनीका विभिन्न कार्यालय, काउन्टर, ग्राहक सेवा केन्द्र आदि मार्फत प्राप्त गर्न सकिन्छ । त्यसैगरी यो लिंकमार्फत पनि अनलाइन रुपमा अध्ययन गर्न सक्नु हुन्छ
Sunday, October 18, 2015
तेश्रो सालडाँडा सास्कृतिक कार्यक्रम २०७२ को तयारी अन्तिम चरणमा
स्याङ्गजा जिल्लाको किचनास गाविस वडा नम्बर ९, सालडाँडामा कार्तिक ६ गतेसम्म आयोजना गर्न लागिएको "तेश्रो सालडाँडा सास्कृतिक कार्यक्रम २०७२" को तयारी अन्तिम चरणमा पुगेको छ । ‘विकास निर्माणमा युवाहरुको सहभागिता, कुरीति,कुप्रथा, विकृति, विसङगति विरुद्धको हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य नाराका साथ मन्दिरचोक युवा क्लवको आयोजनामा हुने उत्सवको व्यवस्थापकिय, प्रचारप्रसार तथा अन्य सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष लोकेन्द्र मानन्धरले जानकारी दिनुभयो

Thursday, September 3, 2015
लाखेनाच संरक्षणका लागी स्याङ्गजा किचनासका स्थानिय सक्रिय
स्याङ्गजा, भदौ १८
स्याङ्गजाको किचनास ८ हट्टियामा परम्परागत रुपमा देखाउँदै आएको लाखेनाचको संरक्षणका लागि स्थानिय बासिन्दा सक्रिय भएका छन् । नेवार समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको लाखेनाचको संरक्षणका लागि त्यहाँका स्थनियको सक्रियतामा नागपञ्चमी, जनैपूर्णीमा, श्रीकृष्ण जन्मष्टमी, हरीतालिका तीज, ऋषीपञ्चमी जस्ता तिथी पारेर नाच देखाउने गरिएको छ ।

Thursday, August 27, 2015
चालु शैक्षिक सत्रमा स्याङ्जाका ९ वटा सामुदायिक विद्यालय गाभिए
चालु शैक्षिक सत्रको हालसम्म स्याङ्जाका ९ वटा सामुदायिक विद्यालय गाभिएका छन् भने एक विद्यालयको तह घटाइएको छ ।
File Photo |
Subscribe to:
Posts (Atom)