बौद्धिक चोरीको सवाल पछिल्लो समय निकै उठ्छन् । खासगरि अर्काको बौद्धिक कामको चोरी गरेर जस आफुले लिने प्रचलनलाई बौद्धिक चोरीको संज्ञा दिईन्छ । कुनै काम गर्नका लागि एउटा मानिसले त्यससँग सम्बन्धित रहेर धेरै अनुसन्धान गर्नुपर्ने हुन्छ । र, यसरी अनुसन्धानबाट निस्किएको कुनै प्रतिफलको ‘जस’, जसले दुख गरेको हो उसले पाउनुपर्छ । तर कसैले मरिमेटेर दुख गर्ने तर ठिक त्यहि कुरालाई नक्कल गरेर जस आफुले लिने गरेका धेरै उदाहरणहरु पछिल्लो समय भेटिन्छन् ।
यहाँ तपाईंहरुले आफ्ना खुशीका पलहरु, लेख रचनाहरु साहित्त्यिक गतिबिधिहरु आफ्ना जीवन यात्राका तस्बिरहरु, धर्म सस्कृति चाड पर्व मेलाका घटना तथा विवरणहरु समाबेश गर्न सक्नुहुने छ।
Labels
Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts
Saturday, September 19, 2015
नेपालका चर्चित लेखकका पुस्तकको कभर ‘चोरी’ गरेर बनाईएको खुलाशा (प्रमाणसहित)
बौद्धिक चोरीको सवाल पछिल्लो समय निकै उठ्छन् । खासगरि अर्काको बौद्धिक कामको चोरी गरेर जस आफुले लिने प्रचलनलाई बौद्धिक चोरीको संज्ञा दिईन्छ । कुनै काम गर्नका लागि एउटा मानिसले त्यससँग सम्बन्धित रहेर धेरै अनुसन्धान गर्नुपर्ने हुन्छ । र, यसरी अनुसन्धानबाट निस्किएको कुनै प्रतिफलको ‘जस’, जसले दुख गरेको हो उसले पाउनुपर्छ । तर कसैले मरिमेटेर दुख गर्ने तर ठिक त्यहि कुरालाई नक्कल गरेर जस आफुले लिने गरेका धेरै उदाहरणहरु पछिल्लो समय भेटिन्छन् ।
Sunday, August 2, 2015
यसरी गरें मैले श्रीमतीको हत्या
सुषमा देवकोटा, काठमाडौं
मेरो बिबाहको अघिल्लो दिन उसले मलाई फोन गरी । ४ महिना पछि आएको उसको फोनको रिङटोन बज्नासाथ म झस्कीएं, त्यो रिङटोन उसको लागी मात्र राखेको थिएं । उसको प्रेममा डुबेको मैले अरु संगै बिबाह हुन लाग्दा पनि उसको लागि रोजीएको रिङटोन चेन्ज गरेको थिईन ।
बिबाहको उत्सव त्यति खास पनि थिएन, म सुलोचना संग बिबाह गर्दै थिएं, एउटा नाम बिनाको बिबाह, प्रेम बिबाह भनुं भने सुलोचनालाई भेटेको २ महिना पनि भएको थिएन, न कुनै डेटीङ, न प्रेममय मिठा मिठा बात न उ बिनाको छट्पटी । कसरी प्रेम बिबाह भन्नु यो निरस सुरुवातलाई ।
Monday, July 20, 2015
तयार भयो ‘भाग्यले बाँचेकाहरु’ को डकुमेन्ट्री
विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर पत्रकार गणेश पाण्डेले ‘भाग्यले बाँचेकाहरु– मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक’ नामक नयाँ डकुमेन्ट्री तयार पारेका छन् ।
५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । पत्रकार पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् ।
Thursday, July 16, 2015
गजलको बिस्तृत बयान
गजललाई अंग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा ग़जल, उर्दू भाषामा غزل भनिन्छ।
गजल भनेको प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता हो।
गजल भनेको प्राय ५ देखि ११ शेरहरू हुने उर्दु र फारसी कविताको एक प्रकार हो। यसका सबै शेर
एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ। पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ। गजलको संग्रहलाई दीवान भनिन्छ।
गजल भनेको प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ।
Monday, May 4, 2015
देशलाई शोकमा पारी हाँसेर गयो प्रकृति
देशलाई शोकमा पारी हाँसेर गयो प्रकृति
राष्ट्रकै सम्पदालाई मासेर गयो प्रकृति
राष्ट्रकै सम्पदालाई मासेर गयो प्रकृति
रूवायो देश,धेरै सपनाको अनत्य गरेर…
आफु चाहिँ रमाई नाचेर गयो प्रकृति
आफु चाहिँ रमाई नाचेर गयो प्रकृति
कुन जुनीको बदला लिईस हे दैव ??
दु:खी…को रगत पिई,मातेर गयो प्रकृति
दु:खी…को रगत पिई,मातेर गयो प्रकृति
देशको सिर भन्नु नै त्यही थियो धरहरा
त्यसैलाई ठसक्क भाँचेर गयो प्रकृति
त्यसैलाई ठसक्क भाँचेर गयो प्रकृति
कत्ति निष्ठुरी छ है, कसैको गुहार सुनेन
जनता मारी आफु बाँचेर गयो प्रकृति।।
जनता मारी आफु बाँचेर गयो प्रकृति।।
Sunday, May 3, 2015
कविता: "प्रकृतिको गुनासो " (सन्तोषी श्रेष्ठ )
मेरो कविता ... सोच्नुस ...अनि...मनन गर्नुस .....
"प्रकृतिको गुनासो "
हो हामी संग प्रकृति रिसाएकी छिन
कत्ति सहनु आफ्नै छाती माथि मचाएको बिधोङ्ग्स
लुटपाट ति कुकर्म अनि पाप
हत्या हिंसा मारकाट
अनि बलात्कार ...
सधै स्तब्ध थिन सधै सहिन
तर अत्ति भयेछ ...
तेसैले खति भयेछ
मनमा बिपत्ति भएछ
सहन सकिनन् धेरै ...
र आज बदला लिएकी छिन
आज लुटपाट चोरी डकैति घुसखोरी छल कपट
अनि स्वार्थ को राजधानी भासिएको छ ....
प्राय बलि दिने मन्दिर लाछिएको छ
पुराना ति संरचना मासिएको छ
हो प्रकृति रिसाएकी छिन्
आफ्नो बर्सौ देखिको मनको क्रोध पोख्दै छिन ..
पिडा अनि आक्रोश पोख्दैछिन
हो प्रकृति गुनासो गर्दैछिन म संग
हो हामी संग प्रकृति रिसाएकी छिन
कत्ति सहनु आफ्नै छाती माथि मचाएको बिधोङ्ग्स
लुटपाट ति कुकर्म अनि पाप
हत्या हिंसा मारकाट
अनि बलात्कार ...
सधै स्तब्ध थिन सधै सहिन
तर अत्ति भयेछ ...
तेसैले खति भयेछ
मनमा बिपत्ति भएछ
सहन सकिनन् धेरै ...
र आज बदला लिएकी छिन
आज लुटपाट चोरी डकैति घुसखोरी छल कपट
अनि स्वार्थ को राजधानी भासिएको छ ....
प्राय बलि दिने मन्दिर लाछिएको छ
पुराना ति संरचना मासिएको छ
हो प्रकृति रिसाएकी छिन्
आफ्नो बर्सौ देखिको मनको क्रोध पोख्दै छिन ..
पिडा अनि आक्रोश पोख्दैछिन
हो प्रकृति गुनासो गर्दैछिन म संग
Thursday, April 23, 2015
साथ दिन्छु भनि झुटो कसम खायौ किन ? (गजल)
साथ दिन्छु भनि झुटो कसम खायौ किन ?
मेरो माया टुक्राएर अन्तै माया लाएउ किन ?
आशाहरु मरी सक्दा बिउताउने तिमी, उजाडिएको जीवनमा, क्षणीक बाहार छायौ किन !
आशाहरु मरी सक्दा बिउताउने तिमी, उजाडिएको जीवनमा, क्षणीक बाहार छायौ किन !
सम्झनाले रुवायो, आशुमा डुबायो,
निस्ठुरी त्यो मनले, बिन्ति गरि साथ माग्यौ किन !
तिमी त गयौ, छाडी एक्लै पारी मलाई,
छेउ आइ भुलाएउ, भुलाएरै आखिर छाड्यौ किन ?
साथ दिन्छु भनि झुटो कसम खायौ किन ?
मेरो माया टुक्राएर अन्तै माया लाएउ किन ?
आशाहरु मरी सक्दा बिउताउने तिमी,
उजाडिएको जीवनमा, क्षणीक बाहार छायौ किन !
एउटा कथाको त कय्यौ उपकथाहरु
एउटा कथाको त कय्यौ उपकथाहरु हुन्छन् भने
जिवन त सिंगो जिउदो इतिहाँस (कतै लेखिएका, कतै लेख्न बाँकी रहेका) हो,
भने मैले यहाँ !
तिम्रा आफ्नै कथा /उपकथाहरू होलान्, मेरा आफ्नै !
देखिएका त देखिन्छन, नदेखिएका उपकथाहरू लुप्त भै बस्छन,
देख्दैनौ तिमि
सबै मेरा उपकथाहरू, सिवाय २/४ ओटा !
म पनि तेस्तै !
भन्छौ कति सजिलै,
"तिम्रो जीवन कति सुन्दर छ है ? !"
तिमीले देख्ने सुन्दरताले छोपिएको कुरूप मेरो जीवन
म बाहेक कसले देख्छ र यहाँ !?
आवरणले भित्रि रुपलाई ढपक्कै ढाकेको हुन्छ,
जुन कसैले देक्ख्दैन , म बाहेक !
खण्डहर भै बसेका मेरा ति अतितले जिस्काउछ
"तिमीले कोरेको बाटोहरु समयले कुल्चियो !
अब कहिले फेरी कोरेर हिडछौ ?"
साच्चै जीवनका बाटाहरु कोर्न नपाउदैं
कति चाडै मेटिदा अनि मेटाईदा रैछन !
कल्पनाका तरेलीहरुमा तरंगीत हुन्छन
कि जीवन पनि कतै
"लेखिदै मेटिन' अनि "मेटिदै लेख्न " मिल्ने भए
पजल भै बसेका परिस्थितिहरुलाई
मेट्दै लेख्दै सहज बनाउने थिएँ !
जिवन त सिंगो जिउदो इतिहाँस (कतै लेखिएका, कतै लेख्न बाँकी रहेका) हो,
भने मैले यहाँ !
तिम्रा आफ्नै कथा /उपकथाहरू होलान्, मेरा आफ्नै !
देखिएका त देखिन्छन, नदेखिएका उपकथाहरू लुप्त भै बस्छन,
देख्दैनौ तिमि
सबै मेरा उपकथाहरू, सिवाय २/४ ओटा !
म पनि तेस्तै !
भन्छौ कति सजिलै,
"तिम्रो जीवन कति सुन्दर छ है ? !"
तिमीले देख्ने सुन्दरताले छोपिएको कुरूप मेरो जीवन
म बाहेक कसले देख्छ र यहाँ !?

जुन कसैले देक्ख्दैन , म बाहेक !
खण्डहर भै बसेका मेरा ति अतितले जिस्काउछ
"तिमीले कोरेको बाटोहरु समयले कुल्चियो !
अब कहिले फेरी कोरेर हिडछौ ?"
साच्चै जीवनका बाटाहरु कोर्न नपाउदैं
कति चाडै मेटिदा अनि मेटाईदा रैछन !
कल्पनाका तरेलीहरुमा तरंगीत हुन्छन
कि जीवन पनि कतै
"लेखिदै मेटिन' अनि "मेटिदै लेख्न " मिल्ने भए
पजल भै बसेका परिस्थितिहरुलाई
मेट्दै लेख्दै सहज बनाउने थिएँ !
प्रिय "Samsung Galaxy Grand 2" लाई सम्झिदै
जीवनले कहिले खुशी दिन्छ, कहिले दु;ख ! तर कहिले, कहाँ, कसरी, कति भनेर छुट्याउदैन ! सायद, यो उसको गोप्यता होला अनि हाम्रो नियति ! रित नै हो कि कसो, समय हो या जीवन, चिन्न नि गाह्रो ! तिनै जीवन/समयले दिने खुशी, कतिको भागमा धेरै पर्ला कतिको भागमा थोरै ! चाहेर के पो पाइन्छ र यहाँ ! पाएको खुशी त खोसिन्छ यहाँ, जोगाएर राख्ने मुस्किल ! उफ, कस्तो सहर होला यो ?!

मन नमिठोसंग दुख्यो ! तर भोकले पेट बटार्दै गर्दा धेरै बेर टिक्न सकेर त्यो, मन दुखाइ ! तात्तात्त्तो खाना खाएर हामी ३ बजे तिर सुत्यै क्यार ! भरे बिहान ७ बजेको बोर्डिंग पास लिएर दुबाई जानु थियो सरले ! सोचें, ६ बजे उठ्नु पर्छ, अनि मैले पनि आफ्नो रुम जानु पर्छ ! जम्मा ३ घण्टा थियो आराम गर्नका लागि !
Wednesday, April 22, 2015
सपनाका अदृश्य भावहरु...........
मान्छे हूँ सानो नै किन नहोस्, सपना देख्ने अधिकार त पाएको छु नि ! ठुला व्यक्तित्वहरुका मात्र सपनाहरु ठूलठूला कहाँ हुन्छन र, मेरा पनि हुन्छन नि, उही सपना, उही आकंक्षा ! फकर यत्ति हो कि, देख्ने तरिका भिन्न होला अनि देख्ने परिवेश भिन्न होला !
अनुभूतिमा रुमल्लिए पनि...
सम्झनाबाट खुइलिएर हाराइसकेका खुशीका पलहरु कतै फेरी रंगिन भएर आउने त होइन ? फेरी जिन्दगीका रंगिन पलहरु आउने आशाले उनका नयनहरु चम्किएका थिए अनि ओइलाएका उनका चेहेरामा खुल्दै गरेको बिहानी झैँ भै मुस्काउदै थिए ! अघिपछि देख्नेले यत्तिकै पनि अड्कल गर्न सक्थे कि, नयाँ रंगहरु उनका जीवनका पानाहरुमा बिस्तारै बिस्तारै पोतिदै थिए !
सदाका दिन भन्दा आजको दिन खुला थियो अनि सुन्दर पनि , उनको लागि, उनको लागि भए पछी मेरो लागि पनि ! किनकि उनको निराश अनुहार अनि निरस बोलीले मलाई कता कता खल्लो महसुश गराउन्थ्यो ! मन खुल्ला अनि खुशी भए पछी, मौसम अनि वरिपरिका परिवेशहरु उसै पनि राम्रो लाग्ने ! उनको चेहेरामा कुदेको खुशीले मन तेसै खुशी थियो ! मेरो उपस्थिति उनलाई कस्तो लाग्थ्यो कुन्नि, तर उसको उपस्थिति मलाई मन पर्थ्यो, सयाद त्यसैले होला उनका खुशी अनि दु:खका रेखाहरुसंग परिचित हुन खोज्थे मेरा मन !

थाहा थिएन उनको खुशीको कारण तर मेरो खुशीको कारण त ऊ नै थियो, हिजो दुखि नि उसकै कारणले थिएँ ! मन हो, बसमा बस्न नमान्दो रहेछ, बाँधेर राख्न नि सकिन्न ! उही मनले त हो नि, स्वतन्त्रता दिलाएको छ ! र नै उनको नजिक पुगेकी छु, मनैमनको बाटो गरी मनसम्मको यात्रा ! तर त्यो यात्रा फगत यात्रा थियो कुनै अभिलाषा रहेन, रहे पनि अभिलाशामै सिमित ! जोडिने मनहरु मनसंगै जोडीन्थे होला, तर फरक बाटो पहिल्याएको पाइलाहरु कहाँ भेट हुन्छन र ! गन्तव्यहरु त फरक थिए नै, हिड्ने बाटोहरु नि फरक, अनि हिडाईहरु पनि !
Thursday, November 13, 2014
फेरि एकपटक उहि शब्दहरू..
तिमीसँग भौतिक रुपमा टाढिएको पनि धेरै भएछ । तर झझल्कोमा अझै पनि तिमी नै तिमी छौ ।
सत्य, समयका कैयौ झरी असिनाले पखाल्दा चुट्दा पनि सम्झनाका तस्बिरहरु खुइलिएनन् । डिएक्टिभ गरेको फेसबुक एकाउण्ट सधैका लागी डिएक्टिभ भए.....कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । भन्न त भन्छु,आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल साँझहरु दोहोरिन्छन अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।त्यसो त पुरै जिन्दगी हराएर,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन ।
सत्य, समयका कैयौ झरी असिनाले पखाल्दा चुट्दा पनि सम्झनाका तस्बिरहरु खुइलिएनन् । डिएक्टिभ गरेको फेसबुक एकाउण्ट सधैका लागी डिएक्टिभ भए.....कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । भन्न त भन्छु,आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल साँझहरु दोहोरिन्छन अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।त्यसो त पुरै जिन्दगी हराएर,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन ।
Subscribe to:
Posts (Atom)