
स्याङ्गजा किचनास –८ को जनप्रिय यूवा क्लबले आयोजनामा हने शिवरात्री मेलाकोे सम्पुर्ण तयारी पुरा भएको छ । शिवरात्रीको अवसरमा शिव मन्दिरमा हुने पुजाआजा लगाएत अन्य धार्मिक गतिविधि र सास्कृतिक कार्यक्रमलाई ब्यवस्थित बनाउने काम पुरा भएको क्लबका भू.पू सहसचिव युवराज मानन्धरले जानकारी दिए ।
त्यस क्षेत्रमै अत्याधिक भक्तजन आउने मन्दिरमा शिवरात्रीलाई लक्षित गरेर सुरक्षा, पुजा तथा बत्ति, नरिवल फुटाउने, शिवलिङ्ग दर्शन, मन्दिर बाहिर टिकाप्रसाद, हाट बजार, सरसफाई, प्रचारप्रसार र स्वयमसेवक परिचालन ब्यवस्थित बनाइएको छ ।
शिवरात्रीको दिन मात्र हुने मेलामा स्याङ्गजाको ओरष्टे,मग्याम चिसापनी,कोल्मा बराहचौर, चित्रे भञ्ज्याङ्गका साथै तनहूको राईपुर गाबिसका दर्शक तथा भक्तजनहरुको निकै भिड हुने क्लबले जानकारी दिएको छ ।
No comments:
Post a Comment