
यहाँ तपाईंहरुले आफ्ना खुशीका पलहरु, लेख रचनाहरु साहित्त्यिक गतिबिधिहरु आफ्ना जीवन यात्राका तस्बिरहरु, धर्म सस्कृति चाड पर्व मेलाका घटना तथा विवरणहरु समाबेश गर्न सक्नुहुने छ।
Labels
Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts
Tuesday, January 19, 2016
१४ औ संस्करणको आहा रारा गोल्ड कप २०७२ पोखरा रंगशालामा शुरु
१४ औ संस्करणको आहा रारा गोल्ड कप २०७२ हिजोदेखि पोखरा रंगशालामा शुरु भएको छ । हिजोको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले नवजन जागृती क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गरी क्वाटरफाईनल प्रबेश गरेको छ । खेलको छैटौ मिनेटमा विदेशी खेलाडि एल्भिसको गोलबाट अग्रता लिएको सहाराको लागि ५२ औं मिनेटमा विदेशी खेलाडि जि मार्टियलले गोल थपे । खेलको ८३ औं मिनेटमा कमल थापाले सहाराको लागि तेस्रो गोल गरी टोली लाईअग्रता दिलाएका थिए । यो सँगै सहारा क्लबले अघिल्लो बर्षको उद्घाटन खेलमा ब्यहोरेको हारको वदला लिएको छ । हिजोको विजेता सहारा क्लबले १३ औं आहा रारा गोल्डकपको उद्घाटनमा सिमरासँग टाईब्रेकरमा ४—३ को पराजय ब्यहोरेको थियो । सहाराले अब माघ ९ गते अन्तिम चार स्थानका लागि युनाईटेड सिक्किम एफसि भारतको सामना गर्नेछ ।


Tuesday, December 15, 2015
१४ औं आहा रारा गोल्डकप माघ ५ देखि १४ औं आहा रारा गोल्डकप माघ ५ देखि
१५ मंसिर/सहारा क्लब पोखराले आयोजना गर्दैआएको आहा रारा गोल्डकप माघ ५ गते देखि शुरु हुने भएको छ । १४ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा हुने आयोजकले जानकारी दिएको छ ।

Friday, November 6, 2015
दोस्रो भिमाद कपको ८० प्रतिशत तयारी पुरा
भिमाद युवा क्लवद्धारा आयोजित तनहुँ जिल्लाकै सर्वाधिक राशीको दोस्रो भिमाद कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको तयारी ८० प्रतिशत पुरा भएको छ ।
प्रतियोगितालाई सफल बनाउन यतिवेला आर्थिक रकम संकलन गर्ने, अतिथिहरुलाई निमन्त्रणा पठाउने काम तिव्र रुपमा भईरहेको युवा क्लव भिमादले जनाएको छ । रंगशाला मर्मतको काम सकेर यतिवेला रंगशालामा लगाएको हरियो दुवोमा पानी हाल्ने काम भईरहेको क्लवका सचिव नविन श्रेष्ठले जानकारी दिनुभयो ।
Thursday, November 5, 2015
Thursday, November 13, 2014
ब्राजिलको जितमा नेयमारको दुई गोल
२७ कात्तिक, काठमाडौं । नेयमारको दुई गोलको मदतमा ब्राजिलले मैत्रिपूर्ण फुटबलमा टर्कीलाई पराजित गरेको छ ।बुधबार राति भएको खेलमा ब्राजिलले टर्कीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । विश्वकपछि ब्राजिलले खेलेको सबै खेल जितेको छ ।
Subscribe to:
Posts (Atom)