२०६६ साल बैशाख १ गतेदेखी फरार अभियुक्त स्याङ्जा ओरष्टे ५ का २७ वर्षिय दिपेन गुरुङलाई पक्रेको छ । ओमन जाने क्रममा गुरुङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो ।
Mandirchowk Youth Club
यहाँ तपाईंहरुले आफ्ना खुशीका पलहरु, लेख रचनाहरु साहित्त्यिक गतिबिधिहरु आफ्ना जीवन यात्राका तस्बिरहरु, धर्म सस्कृति चाड पर्व मेलाका घटना तथा विवरणहरु समाबेश गर्न सक्नुहुने छ।
Sunday, April 17, 2016
Thursday, April 14, 2016
वडा स्तरिय भलिबलको उपाधी आयोजक “ए”लाई
स्याङ्जा २, बैशाख ।
स्याङ्जाको किचनास –९ सालडाँडामा रहेको मन्दिरचोक युवा क्लबद्वारा आयोजित प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक “ए”ले जितेको छ ।
Thursday, March 17, 2016
गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” अब बजारमा
![]() |
File Photo |
विगत केही सयम देखि लोक साँगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” बजारमा आएको छ । जन्म दिने आमा प्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको गित अघिल्ला केही गीतको अपार सफलता पछि यो गीत बजारमा आएको छ । “दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख बिचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ” कलाकार आचार्यले जानकारी दिए ।
Monday, March 14, 2016
देशभरका नगरपालिकाहरु मध्ये स्याङ्जाको वालिङ नगरपालिका उत्कृष्ट
देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ट कार्य गरेको भन्दै स्याङ्जाको वालिङ नगरपालिका पुरस्कृत भएको छ । नेपाल नगरपालिका सङ्घको २३औँ स्थापना दिवसको अवसरमा देशभरका २१७ वटा नगरपालिकामध्ये वालिङ नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको हो ।
Saturday, March 5, 2016
कबड्डी कबड्डी युट्युबमा अपलोड भएपछि निर्माण युनिट तनाबमा
सिरियल हिट फिल्म “कबड्डी कबड्डी” युट्युबमा सार्बजनिक भएको छ। बर्ष २०७२ को हिटफिल्मको संज्ञा पाएको फिल्म “कबड्डी कबड्डी” अझै पनि बिदेशका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको यो समयमा एकाएक फिल्म युट्युबमा भाइरल हुदा निर्माण युनिट तनाबमा परेका छन्।
स्याङ्गजामा हुने शिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा
स्याङ्गजा, फागुन २२ ।

स्याङ्गजा किचनास –८ को जनप्रिय यूवा क्लबले आयोजनामा हने शिवरात्री मेलाकोे सम्पुर्ण तयारी पुरा भएको छ । शिवरात्रीको अवसरमा शिव मन्दिरमा हुने पुजाआजा लगाएत अन्य धार्मिक गतिविधि र सास्कृतिक कार्यक्रमलाई ब्यवस्थित बनाउने काम पुरा भएको क्लबका भू.पू सहसचिव युवराज मानन्धरले जानकारी दिए ।

स्याङ्गजा किचनास –८ को जनप्रिय यूवा क्लबले आयोजनामा हने शिवरात्री मेलाकोे सम्पुर्ण तयारी पुरा भएको छ । शिवरात्रीको अवसरमा शिव मन्दिरमा हुने पुजाआजा लगाएत अन्य धार्मिक गतिविधि र सास्कृतिक कार्यक्रमलाई ब्यवस्थित बनाउने काम पुरा भएको क्लबका भू.पू सहसचिव युवराज मानन्धरले जानकारी दिए ।
Friday, March 4, 2016
एसएलसीको तयारी पूरा, परीक्षामा ६ लाख विद्यार्थी सहभागि हुने
यसवर्षको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताउनुभयो ।
जनक शिक्षा सामाग्री केन्द्रमा गोप्य रुपमा एसएलसीको प्रश्न पत्र छपाई समेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्र समेत सबै जिल्लामा पठाएको बताउनुभयो ।
![]() |
File Photo |
जनक शिक्षा सामाग्री केन्द्रमा गोप्य रुपमा एसएलसीको प्रश्न पत्र छपाई समेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्र समेत सबै जिल्लामा पठाएको बताउनुभयो ।
Subscribe to:
Posts (Atom)