Thursday, November 13, 2014

‘सरी ल’को प्रदर्शन अष्ट्रेलियामा

subash-and-anita

त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘सरी ल’ले नेपाली बक्स अफिसमा सामान्य व्यापार गर्‍यो । चलचित्रको कथावस्तुलाई दर्शकले रुचाए । नेपालको प्रदर्शन पश्चात अब यो चलचित्रलाई अष्ट्रेलियामा पनि देखाइने भएको छ ।
निर्देशक ऋषि लामिछानेले चलचित्रको प्रदर्शन अष्ट्रेलियामा हुन लागेको जानकारी गराउादै दर्शकले नेपालमा जस्तै मन पराउने आशा गरे । यो चलचित्र कात्तिक २१ गतेबाट नेपालका विभिन्न हलमा लागेको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको ‘सिभिक थिएटर’मा चलचित्रको प्रदर्शन नोभेम्बर २२ र २९ तारिखमा हुन लागेको हो । मानव नामक कम्पनीले यो चलचित्रलाई अष्ट्रेलियामा प्रदर्शन गर्न लागेको हो । सुवास थापा, राजन खतिवडा, अनिता आचार्य लगायतका कलाकारले अभिनय गरेको चलचित्रलाई कृष्ण महर्जनले निर्माण गरेका हुन् ।

No comments:

Post a Comment