Monday, December 1, 2014

यी अभागी हिरोइन जो दोहोरिन पाएनन्

Rupa

१५ मंसिर, । म्युजिक भिडियोवाट अभिनय सुरु गरेकी थिइन् रुपा उपाध्यायले । म्युजिक भिडियो गर्नु अगाडी नै हट फोटो शेसन गरेर चर्चामा आएकी रुपाले आधा दर्जन भिडियोमा काम गरेपछि सुभाष गजुरेल निर्देशित चलचित्र ‘को होला मेरो मायालु’ मा काम गरिन् ।

चलचित्रको सुटिङ हुँदै गर्दा बजारमा हल्ला चल्यो- रुपाको काम निकै राम्रो छ । त्यहि विचमा रामकृष्ण ढकालको चर्चित गीत ‘बचन तोडें…’ मा मोडलिङ पनि गरिन् ।

अग्लो कद, गोरो छाला र स्लिम बडी । नेपाली हिरोइनमा हुनुपर्ने न्युनतम गुण उनमा नभएको होइन । तर, जन्मजात प्राप्त यी गुणले उनलाई हिरोइनको रुपमा अघि बढाउन सकेन ।

फिल्मको ब्यापारिक असफलतासँगै उनलाई अन्य निर्देशकले मौका दिएनन् । अन्ततः उनको अभिनय यात्रा यहीँ ब्रेक लाग्यो र उनी अमेरिकातिर पलायन भइन् ।

 यसरि एउटै फिल्ममा काम गरेर गायव हुने रुपा एक्ली युवती भने होइनन् ।

 नृत्यङ्गना कञ्चन रेग्मीको पनि त्यही हालत दोहोरियो । सोभित बस्नेत निर्देशित प्रायः फिल्ममा गु्रप डान्स गर्दै आएकी कञ्चनले सोभितकै निर्देशन रहेको ‘कन्यादान’ मा मुख्य भुमिका निर्वाह गर्ने अवसर पाइन् । नायिका भएपनि स्वदेश र विदेशका केही स्टेजमा डान्स गर्ने अवसर पाएकी कञ्चनले फेरी फिल्ममा हिरोइन बनेर देखिने अवसर कहिल्यै पाइनन् ।

अहिले रजतपटमा गुमनाम बनेकी कञ्चनकै नियति भोग्दैछिन् अर्की नायिका सुनिता गन्दर्व पनि । सोभितकै निर्देशन रहेको ‘चिनो’ मा सह-नायिकाको रुपमा देखिएकी सुनिताले त्यसपछि केही फिल्ममा आइटम डान्स गर्ने अवसर पाए पनि अभिनेत्री बनेर देखिने मौका पाइनन् ।

 पछिल्लो समय ब्युटिपार्लर ब्यबसाय सुरु गरेकी सुनिताले मुलुकभित्र र खाडी मुलुकका स्टेज डान्समा चित्त बुझाउँदै आएकी छिन् ।

विशुद्ध गृहणी बनेकी कविता शर्मा पनि चल्तिको हिरोइन हुने सोंचले फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् । केही लोकगीतको म्युजिक भिडियोमा काम गरेकी कविताले पनि केही फिल्ममा सानो तिनो भुमिका निर्वाह नगरेकी होइनन् । तर, दर्शकले कबितालाई हिरोइनको रुपमा अहिले सम्झन गार्‍है मान्छन् ।
 binita - sashi
केही फिल्ममा सानोतिनो भुमिका निर्वाह गरेका तर, दोहोरिन नसकेका हिरोइनको सूची लामै छ । बिनिता घिमिरे र शशी खड्का पनि अहिले यही कोटीमा दर्ज भएका छन् ।  

रहरमा आउनेहरु टिक्दैनन्
नेपाली फिल्ममा हिरो हिरोइन वा निर्माता हुनका लागि अहिले पनि प्रशिक्षण एवं विषयवस्तु प्रतिको ज्ञान जरुरी मानिदैन । मिलेको ज्यान भएकै कारण युवतीहरुले हिरोइन बन्ने अवसर पाए जस्तै पैसा हुने जोसुकै निर्माता बन्ने चलन छ ।

 प्रायः रहरमा आउने गरेका युवतीहरु नटिक्ने गरेको निर्देशकहरुको भनाइ छ । निर्देशक राजेन्द्र उप्रेतिका अनुसार कतिपय युवतीहरु रहर पूरा गर्न मात्रै फिल्ममा आउँछन् त्यस्ता युवती टिक्दैनन् ।

No comments:

Post a Comment