![]() |
रक्षा श्रेष्ठ |
बैंक, सिमेन्ट, बिस्कुटजस्ता विज्ञापन टेलिभिजन तथा पत्रिकामा नियमितजसो प्रसारण एवं प्रकाशन भइरहँदा पनि उनलाई टोलछिमेककाले समेत तिमीलाई टेलिभिजनमा देखेका थियौँ सम्म भनेका थिएनन्। तर, 'भद्रगोल'को केही भागमा अभिनय गरेपछि भने उनी एकाएक सेलिब्रिटी भएकी छिन्। 'म यसरी अभिनयको क्षेत्रमा आउँछु भन्ने सोचेकै थिइनँ,' उनले भनिन्, 'विज्ञापनहरूमा काम पाइरहेकी थिएँ। त्यसैमा सन्तुष्ट थिएँ। संयोग नै भन्नुपर्छ 'भद्रगोल'का निर्माता सुवास कार्की (बेलासे) ले एक झलक देख्नेबित्तिकै मलाई सिरियलमा खेल्न आग्रह गर्नुभयो।' अहिले बाहिर कतै जाँदा 'भद्रगोल'की रक्षा भन्दै सँगै बसेर फोटो खिचाउन दर्शक तँछाडमछाड गरेको देख्दा निकै खुशी हुने गरेको उनले सुनाइन्। 'अहिले केही फिल्मका लागि अफर आइरहे पनि भद्रगोलमै काम गर्ने सोच बनाएकी छु,' उनले भनिन्।
No comments:
Post a Comment