बिहान उठ्ने बित्तिकै …देखि पहाडको छुकुछुके रेल..लगायतका गीत सुन्दा पनि त्यो आभाष पाउन सकिन्छ । उनका गीत एउटै खालका हुन्छन् भन्ने स्रोता पनि नभएका होइनन् ।
तर, पछिल्लो पटक गायक रामकृष्ण ढकालले फरक शैलीका गीत गाउन थालेका छन् ।
कि मलाई बचन देउ
कि त बाटो फुकाईदेउ
अल्झाएर राख्छौ किन …
बोलको गीत उनका आम गीत भन्दा फरक शैलीका छन् । दुई दिन अघि मात्रै युटुबमा राखिएको उक्त गीत हेर्नेहरु बढी रहेका छन् ।
‘यसमा मैले रेगुलर भन्दा अलि फरक शैलिमा गाएको छु । यसलाई रक एण्ड रोल टाइपको भन्दा पनि फरक पर्दैन ।’ अनलाइनखबरसँग कुरा गर्दै ढकालले भने ‘योङहरुलाइ मन परोस् भनेर रक एण्ड रोल शैलीमा गाएँ ।
’ यो गीत उनको दुई वर्ष अघि बजारमा आएको एल्बम ‘मेरो साथी’ मा संग्रहीत छ । जुन एल्बम उनले आफ्नी छोरी रानी ढकाललाई डेडीकेट गरेर गाएका थिए र विमोचन पनि रानीकै हातवाटै गरिएको थियो ।
संगीत रोयल्टी समाजमा आबद्ध ढकाल त्यसपछिको केही समय रोयल्टीकै काममा केन्द्रित रहे । एल्बमको प्रमोशन हुनै पाएन । ढकाल भन्छन ‘साथीभाइहरुले फेरी एकपटक एल्बम प्रमोशनको कुरा गरेपछि भिडियो बनायौं ।
’ प्रशन्न पौडेलको निर्देशनमा बनेको भिडियोमा अष्ट्रेलिया निवासी नेपाली रेम्बो अधिकारी र नायिका ऋचा शर्माले अभिनय गरेका छन् । भिडियोलाई रोचक बनाउन निर्मल शर्मा ‘गैंडा’ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
No comments:
Post a Comment