आशाहरु मरी सक्दा बिउताउने तिमी, उजाडिएको जीवनमा, क्षणीक बाहार छायौ किन !
सम्झनाले रुवायो, आशुमा डुबायो,
निस्ठुरी त्यो मनले, बिन्ति गरि साथ माग्यौ किन !
तिमी त गयौ, छाडी एक्लै पारी मलाई,
छेउ आइ भुलाएउ, भुलाएरै आखिर छाड्यौ किन ?
साथ दिन्छु भनि झुटो कसम खायौ किन ?
मेरो माया टुक्राएर अन्तै माया लाएउ किन ?
आशाहरु मरी सक्दा बिउताउने तिमी,
उजाडिएको जीवनमा, क्षणीक बाहार छायौ किन !
No comments:
Post a Comment