Thursday, April 23, 2015

यौनसम्पर्क राखेपछि अनिच्छित गर्भरहेमा के गर्ने ?

यौनसम्पर्क राखेपछि अनिच्छित गर्भरहेमा के गर्ने ? - khuldulee.comयौन सम्पर्क राखेपछि महिनावारी बन्द हुने,स्तन दुख्न थाल्यो, पिसाब छिटोछिटो लाग्ने र बान्ता हुने गर्न थाल्यो भने गर्भवती भएको हुनसक्छ । त्यसबेला हो, होइन निश्चित गर्न स्वास्थ्य कार्यकर्ता वा सुडेनीलाई जँचाउनुपर्छ ।  धेरै किशोरीहरु आफूले नचाहँदा नचाहँदै पनि गर्भवती हुन्छन् । तीमध्ये केहीले गर्भवती भएको बेला परिवारका सदस्यहरु वा साथीहरुबाट सहयोग पाउँछन् तर धेरैलाई यस्तो सहयोग पाउन सजिलो हुँदैन ।
   अनिच्छित गर्भले अप्ठयारोमा पारेको महसुस भएको छ र गर्भ नराख्ने हो भने होशियारी पूर्वक निर्णय लिनुपर्दछ । गर्भपातका सुरक्षित उपायहरु हुन्छन् । विश्वभरि नै धेरै किशोरी तथा महिलाहरु अनिच्छित गर्भलाई खतरापूर्ण तरिकाले गर्भपात गराउने क्रममा मर्ने गर्छन् । विश्वास लागेका आफू भन्दा वयस्कलाई बताउनुहोस् । तपाईको जीवन बहुमूल्य छ ।  

No comments:

Post a Comment