
सायद त्यो रात निदाउदा आफ्न वास्तविक जिन्दगीका सत्यहरु भुलेछु, कि कसो कुन्नि ! आफ्न जीवनका भविष्यहरु आफु भन्दा निकै पर भए पनि निक्कै समिप पाउदै थिएँ ! कतै मेरा आफ्नै जिन्दगीका रहस्यहरु खुल्दै गरे झैं गरि, अनुभूतिहरु म भित्र कता कता दौडी रहेथे ! सयाद तेस्ता अनुभूतिहरु जीवनका दुर्लव अनुभूतिहरु नहोलान भन्न सक्दिन, किनकि ति अनुभूति न अघिल्ला दिनहरुमा पाँए न त पछिल्ला दिनहरुमा नै पाएँ ! वास्तविकता जति टाढा भए पनि कल्पनामा हराएर आफ्नै संसारमा हराउनु पनि त जिन्दगीको मजा नै रहेछ ! हुन त भनेको सुनेको थिए, बिना कुनै आधार खडा नगरी सपनाहरु नसजाएकै बेश ! तर मन हो, मन भित्रको चाहनाहरु सजिलै मार्न सकिन्न ! थोरै आश त रहिरहदो रहेछ, जीवनका हर मोडहरुमा, कतै अल्झिएर बसे पनि ! कोहि मदेखि निकै पर पुगिसक्दा पनि मेरा पाइलाहरु जहाँको त्यहि गाडिएको थियो ! र पनि हिड्ने आँट त मार्न सक्दिन थिएँ , म भित्र पनि त आफ्नै दुनिया बनाउने अनि सजाउने चाहनाहरु जिउंदै थिए ! कतै आशा अनि कतै विश्वाश थियो आफ्नै जीवनदेखि, चाहे टुक्रिएको किन नहोस जोड्ने हिम्मत थियो ! आकाश छुने मन कसको नहोला, अनि त्यो आकाशमाथि उड्ने चरा झैं उड्ने मन कसको नहोला ! म पनि उही मन गर्ने मान्छे न हूँ, मन गर्नु गल्ति गरें कि भन्ने लाग्दैन !
आखिर कल्पनाका कुरा न हुन् , आकंक्षाहरु मदेखि यति टाढा जान खोज्दै थिए कि, मैले कसै गरि रोक्न सक्छु भन्ने नै भएन ! मेरा रहर अनि उमंगहरु एकछिनका हुरी हुन् भन्ने भानसम्म भएन ! सायद यिनै वास्तविकता नदेख्नु नै मेरा दु:खका कारण होइन भन्न नि सक्दिन ! आँखाले खिचेर मन भरि सजाएर राखेको मेरा अन्तरात्मा देखि कै इच्छाहरु न पुरा हुन सके, न त गर्न नै सके ! होला, एकाध पुरा भएका ! तर अझै जिउदै बाचेका मेरा ति अटुट सपनाहरु कहाँ भुल्न सक्छु र ! आफ्नो मनमा गडेर बसेको इच्छाहरु सजिलै कहाँ मर्दो रैछ र ! पुरा त अझै गर्न तत्पर नै छु होला ! तर जड्याहाको हिडाई जस्तो भै'सके, ति सपनाहरु ! कतै सिधा भए अनि कतै बंगा !
No comments:
Post a Comment